काठमाडौँ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले मंगलबार तेस्रोपटक ‘प्राथमिकता र साझा न्यूनतम कार्यक्रम’ ल्याएको छ। १५ महिनामा तीनपटक गठबन्धन फेरबदल गरेको प्रचण्ड सरकारले १४ महिनामै तीनवटा साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरेको हो।गत वर्षको आमनिर्वाचनपछि बनेको नेकपा एमाले, माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीलगायतको गठबन्धन सरकारले पहिलोपटक २५ पुस २०७९ मा ‘नीतिगत प्राथमिकता र साझा न्यूनतम कार्यक्रम’ ल्याएको थियो