देउवाको अर्को फण्डा, अग्निपरीक्षामा प्रचण्ड

काठमाडौं। कांग्रेसले सभामुख र उपसभामुखको निर्वाचनबारे प्रधानमन्त्री प्रचण्डसँग सम्वाद गर्ने निर्णय गरेको छ। अर्थात् काँग्रेसले सभामुख र उपसभामुखको निर्वाचनमा माओवादी केन्द्रको सहयोगको अपेक्षा राखेको छ। जुन अहिलेको सत्ता समीकरणमा सम्भव छैन । यदि माओवादीले त्यसबारे सोचे मात्र पनि सत्ता गठबन्धन भत्किने छ। र, प्रचण्ड सरकार संकटमा पर्नेछ। यदि काँग्रेसलाई सहयोग नगर्ने हो भने पनि प्रचण्ड नैतिक संकटमा पर्नेछन्।