काठमाण्डाै – सरकार गठनबारे छलफल गर्न नेकपा माओवादीका केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकाे निवास बालकाेट पुग्नुभएकाे छ ।
प्रचण्ड सरकार गठनबारे छलफल गर्न पार्टीका नेताद्वय नारायणकाजी श्रेष्ठ र देव गुरुङसहित ओली निवास बालकाेट पुग्नुभएकाे हाे । अहिले उहाँहरू छलफलमा हुनुहुन्छ ।
आजै बिहान बालुवाटारमा बसेकाे सत्ता गठबन्धनको बैठक विना निष्कर्ष सकिएपछि प्रचण्ड बालकाेट पुग्नुभएकाे हाे । नेकपा विभाजनपछि प्रचण्ड पहिलो पटक बालकोट पुग्नुभएकाे हाे ।
अहिले एमाले, म...