काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वर्तमान सरकारले रुसी सेनामा भर्ती भएका नेपालीहरु फर्काउनका लागि रुससँग कूटनीतिक पहल र संवाद गर्नसक्ने क्षमता देखाउन नसकेको बताएका छन्। आइतबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले यस्तो बताएका हुन्।उनले सरकारले हालसम्म नेपालस्थित रुसी राजदुतालाई बोलाएर संवाद गर्नु बाहेकको पहल गर्न सकेको छ कि छैन? भन्दै प्रश्न गरे। उनले देशबीच कूटनीतिक पहल र सरकारको क्षमता रसियासँग संवाद गर्नसक्ने स्तरमा छ कि छैन? भन