सिन्धुपाल्चोकको इन्द्रावतीमा एमाले विजयी, माओवादी बन्यो तेस्रो

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा एमालेका उम्मेदवार अध्यक्षमा विजयी भएका छन् र एमालेका झम्कनाथ नेपाल ७ हजार १२७ मतका साथ विजयी भएका हुन् । सो गाउँपालिकामा काँग्रेस दोस्रो हुँदा माओवादी तेस्रो बन्यो ।यस्तै सो गाउँपालिकाको उपाध्यक्षमा पनि एमालेकै उम्मेदवार विजयी भएका छन् । एमालेकी उम्मेदवार शोभना तामाङ विजयी भएकी हुन् ।

सम्बन्धित सामग्री

माओवादीका शर्मा र बस्नेतले आफ्नै पालिका जोगाउन सकेनन्, एमालेका यामलालले सुधारे

सुर्खेत । स्थानीय तहको निर्वाचनमा कर्णाली माओवादीका हेभीवेट नेताद्वय जनार्दन शर्मा र शक्ति बस्नेतले आफ्नै पालिका पनि जोगाउन सकेनन् । रुकुम पश्चिममा अर्थमन्त्रीसमेत रहेका जनार्दन शर्माको पालिकामा कांग्रेसले जित हात पार्यो भने जाजरकोटका पूर्वमन्त्री माओवादी नेता शक्ति बस्नेतको भेरी नगरपालिकामा एमाले विजयी बन्यो । तर सुर्खेतमा एमाले स्थायी कमिटी सदस्य यामलाल कंडेल भने आफ्नो पालिकामा […]

दार्चुलाको दुहुँमा अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस विजयी

काठमाडौं । दार्चुलाको दुहुँ गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) विजयी भएको छ । जिल्ला निर्वाचन आयोगले प्रकाशित गरेको अन्तिम मतपरिणामअनुसार एमालेका नरेन्द्रबहादुर सिंह बडालले २ हजार ८८६ मत ल्याएर विजयी भएका हुन् । दोस्रो बनेका कांग्रैसका पुलेन्द्रबहादुर कार्कीले २ हजार ७९६ मत प्राप्त गरे । उपाध्यक्षमा भने कांग्रेस विजय बन्यो । कांग्रेस उमेदवार शान्ति देवी...