बाढीको पूर्वानुमान‚ नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाडौं : मनसुनी वायुका कारण देशभर वर्षा भइरहेको छ। आज प्रदेश १, बागमती‚ गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा भीषण वर्षा हुने सम्भावना रहेको छ।बाढी पूर्वानुमान महाशाखाका अनुसार शनिबार कोशी, कर्णाली र महाकाली नदीको बहाव बढ्ने छ। त्यस क्षेत्रका सतर्क रहन आग्रह गरेको छ। यस्तै, यसका सहायक नदीहरुमा पनि पानीको बहाव बढ्न सक्ने महाशाखाले जनाएको छ। कनकाई, पश्चिम राप्ती, बबई र यसका सहायक नदीमा पानीको बहाव बढ्ने भएकाले यस क्षेत्रका बासिन्दाहरु पनि सतर्क रहन आग्रह गरिएको छ।बाढी पूर्वानुमान महाशाखा

सम्बन्धित सामग्री

महाकाली नदीले सतर्कता तह नाघ्यो, भोलि बिहानसम्म उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । महाकाली नदीको जलसतहले सतर्कता तह पार गरेको छ । डडेलधुरा स्थित पारिगाउँ बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह पार गरी बढ्दो रहेका जल तथा मौसम विभागले जनाएको छ । विभागले डडेलधुरा, कञ्चनपुरको नदी तटीय क्षेत्र र डुबान भइरहने होचा स्थानमा भोलि बिहानसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

राप्ती नदीले सतर्कता तह नाघ्यो, साँझसम्मै उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । बाँकेस्थित राप्ती नदीमा पानीकफ बहाव बढेको छ । पश्चिम राप्ती कुसुम जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पानीको बहाव बढ्दो रहेको तथा खतरा तह पार गर्ने क्रममा रहेकाले राप्ती नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा आज साँझसम्मै उच्च सतर्कता अपनाउन आग्रह...

प्यूठान, दाङ, बाँकेलगायतका जिल्लामा अलर्ट, दिउँसोसम्म सतर्कता अपनाउन आग्रह

काठमाण्डौ – प्यूठान, दाङ, बाँकेलगायतका जिल्लामा बाढीको सम्भावना रहेको भन्दै अलर्ट जारी गरिएको छ । यी जिल्ला भइ बहने धेरैजसो साना खहरे खोलामा आकस्मिक बाढीको सम्भावना रहेकाले आज दिउँसोसम्म नै उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । पश्चिम राप्ती जलाधारको धेरै ठाउँमा पछिल्लो ६ घन्टा अति ठूलो पानी परेको छ । थप वर्षा हुने देखिएकाले पश्चिम राप्ती भालुवाङ र कुसुम जलमापन केन्द्रमा जलसतह एक्कासी बढ्न सक्ने अनुमान छ । ती क्षेत्रका नदी तटीय क्षेत्र र डुबान हुने होचा ठाउँमा सतर्कता अपनाउन भनिएको...

देशका विभिन्न ठाउँमा भारी वर्षा, तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाडौं : देशका विभिन्न स्थानमा गएराति भारी वर्षा भएको छ । जसका कारण ठुला साना नदीहरुमा पानीको बहाव बढेको छ।रामेछापस्थित खिम्ती खोलाले सतर्कता तह पार गरेको छ । बाढी पूर्वानुमान महाशाखाले नदी तटीय क्षेत्र सतर्कता अपनाउन आग्रह गरेको छ । त्यस्तै गएराति कास्कीको घलेखर्क वर्षामापन केन्द्र र आसपासमा ठूलो पानी परेको छ।घलेखर्क, पुरनचौर, भुर्जुङ खोला र आसपासको कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । आज बिहान प्रदेश १, बागमती र लुम्बिनी प्रदेशसहित

बाँकेको राप्ती नदीले सतर्कता तह नाघ्यो, उच्च सावधानी अपनाउन आग्रह

काठमाडौं । बाँकेको राप्ती नदीले सतर्कता तह पार गरेको छ ।  बाढी पूर्वानुमान महाशाखाले पश्चिम राप्ती कुसुम जलमापन केन्द्रमा नदीले सतर्कता तह पार गरेको जनाएको हो । महाशाखाले आज दिउँसो १२:५० बजे एसएमएसमार्फत नदी बहाव अझै बढिरहेकाले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा आज साँझसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

कैलाली, कञ्चनपुर र आसपासका क्षेत्रमा भारी वर्षा, विशेष सतर्कता अपनाउन आग्रह

काठमाडौँ । सुदूरपश्चिमको कैलाली, कञ्चनपुर र आसपास धेरै स्थानमा भारी वर्षा भएको भएको छ । बाढी पूर्वानुमान शाखाले कान्द्रा, मोहना, खुटिया लगायत साना नदीमा एक्कासि बाढी आउन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ । कान्द्रा नदीमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो रहेको अवस्थामा रहेको जनाइएको छ । नदी तटीय क्षेत्र र होचा […]

कैलाली, कन्चनपुर र आसपासका क्षेत्रमा भारी वर्षा, विशेष सतर्कता अपनाउन आग्रह

काठमाडौं । सुदूरपश्चिमको कैलाली, कन्चनपुर र आसपास धेरै स्थानमा भारी वर्षा भएको भएको छ । बाढी पूर्वानुमान शाखाले  कान्द्रा, मोहना, खुटिया लगायत साना नदीमा एक्कासी बाढी आउन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ । कान्द्रा नदीमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो रहेको अवस्थामा रहेको जनाइएको छ ।  नदी तटीय क्षेत्र र...

कैलाली र कास्कीमा भारी वर्षा, सतर्कता अपनाउन अनुरोध

आइतबार कैलाली आसपास केही स्थानमा भारी वर्षा भई कान्द्रा नदी बाढी मापन केन्द्र कैलालीमा जल सतहले सतर्कता तह पार गरेको र बढ्दो रहेका  बाढी पूर्वानुमान महाशाखाले  जनाएको छ । महाशाखाले नदी तटीय क्षेत्र र होचा डुबान भइरहने क्षेत्रमा बिहान १० बजेसम्म विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।त्यस्तै कास्कीको लुम्ले र जुमलेटी बर्षामापन केन्द्रमा पछिल्लो ६ घण्टा अति भारी वर्षामापन भएको छ । आसपासको साना खोलामा आकस्मिक बाढी आउन सक्ने र कमजोर तथा भिरालो जमिनमा पहिरो जान सक्ने भएकाले उच्च सतर्कता अपनाउन

कैलाली आसपासका केही ठाउँमा भारी वर्षा : सतर्कता अपनाउन आग्रह

काठमाण्डाै - अहिले कैलाली आसपासका केही ठाउँमा भारी वर्षा भइरहेको छ । कान्द्रा नदी बाढी मापन केन्द्र कैलालीमा जलसतहले सतर्कता तह पार गरेको छ । जलसतह बढ्दो रहेकाले नदी तटीय क्षेत्र र होचा डुबान भइरहने क्षेत्रमा बिहान १० बजेसम्म विशेष सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । यसअघि महाशाखाले कास्कीमा सतर्कता अपनाउन आग्रह गरेको थियो । कास्कीमा गएराति भारी वर्षा भएको थियो । कास्कीको लुम्ले र जुमलेटी वर्षामापन केन्द्रमा अति भारी वर्षा मापन गरिएको छ । आसपासको साना खोलामा आकस्मिक बाढी आउन सक्ने र ...

कर्णाली‚ तिला र पश्चिम सेती नदीमा पानीले खतराको तह नाघ्यो

काठमाडौं : आइतबारदेखि निरन्तर भइरहेको वर्षाका कारण कर्णाली‚ तिला‚ पश्चिम सेती नदीमा पानीले खतराको सतह पार गरेको छ।जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार मंगलबार बिहान ७ बजे कैलालीस्थित चिसापानी जलमापन केन्द्रमा कर्णाली नदीले सतर्कता तह पार गरेको छ। केन्द्रले कर्णाली नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागमा रहेकाहरुलाई मंगलबार रातिसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।यस्तै‚ बिहान ७ बजे जुम्लास्थित सेरीघाट जलमापन केन्द्रमा पनि तिला नदीले सतर्कत