काठमाडौं : देशका विभिन्न स्थानमा गएराति भारी वर्षा भएको छ । जसका कारण ठुला साना नदीहरुमा पानीको बहाव बढेको छ।रामेछापस्थित खिम्ती खोलाले सतर्कता तह पार गरेको छ । बाढी पूर्वानुमान महाशाखाले नदी तटीय क्षेत्र सतर्कता अपनाउन आग्रह गरेको छ । त्यस्तै गएराति कास्कीको घलेखर्क वर्षामापन केन्द्र र आसपासमा ठूलो पानी परेको छ।घलेखर्क, पुरनचौर, भुर्जुङ खोला र आसपासको कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । आज बिहान प्रदेश १, बागमती र लुम्बिनी प्रदेशसहित