सोमवार कोशीका सहायक नदीहरुमा पानीको बहाव बढ्ने मौसम विभागले जनाएको छ ।
तमोर, अरुण, दुधकोशी, मेलम्ची, इन्द्रावती, सुनकोशीमा बहाव बढ्ने विभागले जनाएको हो ।
यस्तै मझौला नदीहरु कन्काई, बागमती, पूर्वी राप्ती र तिनाउमा बहाव बढ्नेछ ।
विशेषगरी कमलामा बहाव उल्लेख्य बढ्ने र सतर्कता तह पार गर्न सक्ने पूर्वानुमान रहेको विभागको भनाइ छ ।
विभागले उक्त नदीहरुका तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रहरूमा सतर्कता अपनाउन आग्रह गरेको छ।