हेटौँडाः सत्ता टिकाउन वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मन्त्रालय विभाजन गरेका छन्। सत्तारुढ गठबन्धनमा मन्त्रीको भाग पुर्याउन ८ मन्त्रालय फुटाएर १४ पुर्याइएको छ।
गठबन्धनमा आवद्ध दलमा मन्त्रीका आकांक्षी व्यवस्थापनका लागि मन्त्रालय विभाजन गरिएको हो। मन्त्रालय थपको निर्णय राजपत्रमा प्रकाशन भइसकेको छ। वाग्मतीमा कांग्रेस, नेकपा (एकीकृत समाजवादी), माओवादी केन्द्र लगायतको सरकार गठन…