सुर्खेत उद्योग वाणिज्य सङ्घले स्थापना गरेको व्यवसायी राहत अक्षय कोषबाट पीडित व्यवसायीलाई राहत पुगेको छ । विपत्मा परी आफ्नो व्यवसायमा क्षति पुगेका पीडित व्यवसायीलाई सङ्घले आफ्नो कोषबाट राहत प्रदान गर्दै आएको छ । गत साउनमा पसलमा बाढी पसेपछि क्षति पुगेका वीरेन्द्रनगर नगरपालिका–१०, पिपिराका रामलक्ष्मण खुद्रा तथा कोल्ड स्टोरलाई सङ्घले कोषबाट २५ हजार रुपियाँ राहत वितरण ग¥यो । स्टोरका सञ्चालक लीलाराम पुरीलाई क्षतिका आधारमा सङ्घले व्यवसायी राहत अक्षय कोषबाट सो राहत वितरण गरेको हो ।