साेलुखुम्बुकाे नेले बजारका अग्नि पीडित परिवारलाई गाउँपालिकाकाे राहत

सोलुखुम्बु – सोलुखुम्बुको नेले बजारका अग्नि पीडित परिवारलाई थुलुङ दुधकोशी  गाउँपालिकाले राहत रकम प्रदान गरेको छ । आगलागीबाट घर पूर्णरूपमा क्षति भएकाहरूलाई आज बिहीवार गाउँपालिकाले प्रतिपरिवार ५० हजार रुपैयाँका दरले राहत प्रदान गरेको हो ।  गाउँपालिका अध्यक्ष असिम राईसहितको टोली घटनास्थलमै पुगेर पीडित परिवारलाई राहत रकम हस्तान्तरण गरिएको पालिकाका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयाे । उहाँका अनुसार आगलागीमा घर आंशिक क्षति भएका प्रतिपरिवारलाई २५ हजार रुपैयाँका दरले राहत प्रदान गरिएको छ ।&nbs...

सम्बन्धित सामग्री

ज्योति विकास बैंकद्वारा राहत सामग्री प्रदान

ज्योति विकास बैंकले अग्नि पीडित परिवारलाई राहत सामग्री प्रदान गरेको छ।

राहत बाँड्ने मुख्यमन्त्रीदेखि बालेनबारे बोल्ने स्थापितसम्मलाई स्पष्टीकरण माग

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई निर्वाचन आयोगले लिखित जवाफ पेस गर्न आदेश दिएको छ । मुख्यमन्त्री भट्टले कैलाली जिल्लाको कैलारी गाउँपालिका वडा नम्बर ७ विपद्पुरका अग्नि पीडित मुक्त कमैया बस्तीको स्थलगत निरीक्षणका क्रममा पीडित परिवारलाई तत्कालका लागि प्रति परिवार ५० हजार रुपैयाँका दरले राहत दिने प्रक्रिया अगाडि बढेको भन्ने अभिव्यक्ति दिएकाले निर्वाचन आचारसंहिता २०७८ को व्यवस्था बमोजिम २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न अनुरोध गरेको हो । त्यस्तै अन्य विभिन्न पार्टीका नेता तथा स

ताप्लेजुङ समाज र कपन बौद्ध गुम्बाले दिए अग्नि पीडितलाई राहत

ताप्लेजुङका अग्नि पीडित परिवारलाई राहत स्वरुप शुक्रबार नगद तथा जिन्सी सामग्री प्रदान गरिएको छ । ताप्लेजुङ समाज नेपाल काठमाडौले नगद तथा नेपाल बौद्ध महायान केन्द्र गुम्बा कपन काठमाडौले जिन्सी सामग्री प्रदान गरेका छन् । एकद्धार प्रणालीमार्फत मात्रै राहत वितरण गर्न पाइने भएकोले दुबै संस्थाले फुङ्लिङ नगरपालिकाको समन्वयमा राहत वितरण गरेको नगरप्रमुख छत्रपति प्याकुरेलले जानकारी दिए ।