सरकारले वैदेशिक रोजगारीका क्रममा अंगभंग तथा गम्भीर विरामी भएका २४५ जनालाई आर्थिक सहायता स्वरुप २ करोड ४८ लाख ४६ हजार रुपैयाा प्रदान गरेको छ। वैदेशिक रोजगार वोर्डले उक्त रकम आर्थिक वर्ष २०७८/७९ मा उपलब्ध गरेको हो। यसरी स्वास्थ्य उपचार खर्च तथा क्षतिपूर्ति पाउनेमा २० जना महिला र २२५ जना पुरुष रहेका छन्।