साउथका चर्चित जोडी रहेका धनुष र ऐश्वर्या रजनीकान्तले १७ जनवरी सम्बन्धविच्छेदको घोषणा गरे । विवाहको १८ वर्षपछि सम्बन्ध टुट्दा प्रशंसकबाहेक ऐश्वर्याका पिता रजनीकान्त पनि तनावमा छन् । भारतीय सञ्चार माध्यम दैनिक भास्करका अनुसार रजनीकान्त छोरी ऐश्वर्याको यो निर्णयले निकै रिसाएका थिए र अब उनी दुईबीच सहमति बनाउन चाहन्छन् । ऐश्वर्यालाई सम्झाइरहेका छन् रजनीकान्तःभास्करले स्रोतलाई हवाला दिँदै रजनीकान्तमाथि छोरीको सम्बन्धविच्छेदको नकारात्मक असर परेको बताएको छ । स्रोतका अनुसार उनी लगातार ऐश्वर्या