प्रेस चौतारी नेपालले संविधान र लोकतन्त्रको रक्षाका लागि स्थानीय तहको निर्वाचन मिति चाँडो घोषणा गर्न माग गरेको छ । सो सङ्गठनका अध्यक्ष गणेश बस्नेतले आज विज्ञप्ति जारी गरी आम नागरिकको सेवासुविधासँग सरोकार रहेको स्थानीय तहको कार्यकाल सकिनै लाग्दासमेत सरकारले निर्वाचन मिति घोषणा नगरेकोप्रति ध्यानाकर्षण गराएका हुन् । नेपालको संविधानअनुसार आगामी २०७९ जेठ ५ गते स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल समाप्त हुने र सो समय अगावै स्थानीय तहको निर्वाचन हुन नसके जनप्रतिनिधिको रिक्तता हुने चिन्ता व्यक्त गरिएको छ ।
संवि...