प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का नेता शेरबहादुर तामाङले सत्ता गठबन्धनले आगामी जेठभित्र स्थानीय तहको निर्वाचन गर्ने भनेर भनेपनि सरकारले निर्वाचनको मिति घोषणा नगरेसम्म विश्वास गरिहाल्ने अवस्था नभएको टिप्पणी गरेका छन् । आइतबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।उनले भने, ‘सत्तापक्षीय गठबन्धनले जेठभित्र निर्वाचन सम्पन्न गने भन्ने कुरा सुन्यौं, कानूनले के भन्छ भने दलीय गठबन्धनले गरेर निर्णय गरेर हुँदैन । सरकारको मन्त्रिपरिषदले घोषणा गर्नुपर्छ । मन्त्रिपरिषदले निर्