काठमाडाैं : नेकपा एमालेका उपत्यकाका तीन जिल्ला अध्यक्षहरूले आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सरकारसँग माग गरेका छन्।तीन जिल्ला अध्यक्षहरूकाे साेमबार बसेकाे बैठकले उक्त निर्णय गरेकाे हाे। २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट जननिर्वाचित जनप्रतिनिधिहरूको कार्यकाल सकिनु अगावै आगामी वैशाखभित्र स्थानीय तहको निर्वाचन सम्पन्न गर्नुपर्ने कुरालाई आत्मसात् गर्दै यथाशक्य छिटो निर्वाचनको मिति घोषणा गर्न बैठकले माग गरेको तीन अध्यक्षहरूले विज्ञप्ति जारी गरी जना