आर्थिक अभियानकर्मी पौडेल सम्मानित

मंसिर २४, काठमाडौं । आर्थिक अभियान राष्ट्रिय दैनिकका विराटनगर संवाददाता वेदराज पौडेल सम्मानित भएका छन ।  शुक्रवार विराटनगरमा आयोजित नेपाल उद्योग परिसंघ प्रदेश नं १ को प्रथम साधारण  सभामा उनी सम्मानित भएका हुन् । संवाददाता पौडेललाई संस्कृती पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेमबहादुर आले, नेपाल उद्योग परिसंघका केन्द्रीय अध्यक्ष बिष्णुकुमार ग्रवाल, प्रदेश अध्यक्ष भीम धिमिरे, सामाजिक विकास मन्त्री जयराम यादवले संयुक्तरुपमा सम्मान गरेका हुन् ।  सोही अवसरमा अभियानकर्मी पौडेलका साथै पत्रकार चिना थापा तथा प्रेम लुङ्गालाई पनि सम्मानित गरियो । सम्मानित तीनै जनालाई नगद ११/ ११ हजार पुरस्कारसमेत प्रदान गरिएको थियो ।   

सम्बन्धित सामग्री

आर्थिक अभियानकर्मी अधिकारी आर्थिक पत्रकारिता पुरस्कारबाट सम्मानित

चितवन । आर्थिक पत्रकारिता पुरस्कारबाट आर्थिक अभियानकर्मी सूर्यप्रसाद अधिकारी सम्मानित भएका छन ।   चितवन जिल्लालाई पत्रकारिताको कर्मथलो बनाएर जिल्लाको कृषि,शिक्षा स्वास्थ्य पर्यटन लगायतका व्यवसायिक प्रर्वद्धन संग सम्बन्धित समाचार प्रसारण गरि जिल्लाको आर्थिक विकासमा महत्वपूर्ण योगदान दिएको भन्दै अधिकारीलाई सम्मानित गरिएको हो । उद्योग वाणिज्य संघ, चितवनको ५७ औं बार्षिक साधारण सभा तथा अधिवेशनको अवसर पारेर अधिकारीलाई नगद ५१ हजार सहित सम्मानित गरिएको थियो  । अर्थमन्त्री डा.प्रकाशशरण महत , बाग्मती प्रदेश स्वास्थ्य मन्त्री उत्तम जोशी तथा उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालको आतिथ्यतामा पुरस्कार प्रदान गरिएको थियो । अधिकारी चितवनमा रहेर एकदशक भन्दा बढी समय आर्थिक क्षेत्रलाई प्राथमिकता दिएर कलम चलाउँदै आएका छन । उनी आर्थिक अभियान राष्ट्रिय दैनिक का चितवन संवाददाता हुन् ।

पत्रकार रिना खत्री सम्मानित

काठमाडौं, १८ मंसिर । बीमापोष्टकी उप–सम्पादक रिना खत्री सम्मानित भएकी छिन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १४औं वार्षिकोत्सवको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बीमा क्षेत्रमा उत्कृष्ट समाचार लेखेबापत पत्रकार खत्री २५ हजार रुपैयाँ नगदसहित सम्मानित भएकी हुन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले प्रमाणपत्र र नगदसहित सम्मान गरेका हुन् । ५० हजार रुपैयाँ […]

बीआरआई नेपालको आर्थिक विकासका निम्ति उपयोगी : सम्मानित नेता खनाल

काठमाडौँ- पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा विदेश विभाग प्रमुख झलनाथ खनालले बीआरआई नेपालको आर्थिक विकासका निम्ति उपयोगी हुने बताएका छन् । बेल्ट एण्ड रोड फाउण्डेशनले बेइजिङमा आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनलाई आज सम्बोधन गर्दै नेता खनालले चिनियाँ राष्ट्रपति सी चीनफिङले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) विश्वका विभिन्न देशका जनता–जनताबीचको आपसी सहकार्य […]

आइएमई सबैभन्दा बढी कर तिर्नेमा सम्मानित

आइएमई आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा बढी कर तिर्ने कम्पनीको रूपमा सम्मानित भएको छ।

उद्योगी दुगड सम्मानित

काठमाडौं । के एल दुगड समूहका अध्यक्ष किसनलाल दुगड सम्मानित भएका छन् । नेपाल बैंक लिमिटेडको ८६औं वार्षिकोत्सबको अबसरमा दुगड सम्मानित भएका हुन् । बैंकको स्थापना कालदेखि नै व्यावसायिक साझेदारको रुपमा रहेको भन्दै दुगडलाई सम्मान गरिएको बैंकले जनाएको छ । मुलुकमा आर्थिक कारोबारलाई प्रबर्द्धन गर्दै रोजगारी सिर्जना गर्ने, उत्पादन मुलक क्षेत्रमा लगानी गरी निर्यातको माध्यमबाट […]

वरिष्ठ पत्रकार बुढाथोकी धितोपत्र आर्थिक पत्रकारिता पुरस्कारबाट सम्मानित

टक्सार म्यागाजिनका सम्पादक तथा वरिष्ठ पत्रकार गजेन्द्र बुढाथोकी धितोपत्र बजार आर्थिक पत्रकारिता पुरस्कार २०७९ बाट सम्मानित भएका छन् । बोर्डको ३० औं वार्षिकोत्सवको अवसरमा बोर्डले आर्थिक क्षेत्रमा कलम चलाउँदै धितोपत्र नियामक, व्यवस्था र लगानीकर्ताहरुलाई सुसूचित गर्ने काम गरेको भन्दै सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि एवं अर्थमन्त्री जनार्दन शर्माले पत्रकार बुढाथोकीलाई नगदसहित कदरपत्र प्रदान गरे ।  बुढाथोकीले नगद रु ७५ हजारसहित कदरपत्र प्राप्त गरेका छन् । उनी झण्डै तीन दशकदेखि आर्

पश्चिमा मोडेलले नेपालको आर्थिक विकास हुँदैन : सम्मानित नेता खनाल

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले पश्चिमा मुलुकहरुको मोडेलबाट नेपालको आर्थिक क्षेत्रको विकास हुन नसक्ने बताएका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले आफ्नै मुलुकको आर्थिक स्थितिमा आधारित रहेर आगामी आर्थिक वर्षको...

पश्चिमा मुलुकहरुको मोडेलबाट देशको आर्थिक विकास हुँदैन : खनाल

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले पश्चिमा मुलुकहरुको मोडेलबाट मुलुकको आर्थिक क्षेत्रको विकास हुन नसक्ने बताएका छन् । सम्मानित नेता खनालले आफ्नै मुलुकको आर्थिक स्थितिमा आधारित रहेर मुलुकको आर्थिक विकास गर्ने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउन जरुरी रहेको पनि बताए ।सरकारको आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटबारे शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मुलुकको आर्थिक विकासका लागि कृषि क्षेत्र र औद्योगिक क्षेत्रमा लगानी बढाउने गरी बजेट

आर्थिक प्रलोभन अस्वीकार गर्ने ३३ ट्राफिक प्रहरी सम्मानित

काठमाण्डौ – ट्राफिक नियम उल्लङ्घन चालकहरूलाई कारबाही गर्ने क्रममा आर्थिक प्रलोभनमा पार्न खोज्ने चालकहरूलाई कानुनी दायरामा ल्याउने ३३ ट्राफिक प्रहरी सम्मानित भएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ती ट्राफिक प्रहरीलाई आज मङ्गलवार एक कार्यक्रमकाबीच पुरस्कृत एवम् खादा ओढाएर सम्मान गरेको हो ।  सम्मानित हुनेहरूमध्ये २० ट्राफिक प्रहरीलाई नगदसहित वृद्धि विकासमा सहयोग पुग्ने गरी रेकर्डमा गनिने पुरस्कार दिइएको छ भने अन्यलाई खादा ओढाएर प्रशंसापत्रसहित सम्मान गरेको महाशाखाले जनाएको छ । यस्तो कार्यले अन्य ट्राफिक प्रहरी कर्...

कामना सेवा उत्कृष्ट करदाताको रुपमा सम्मानित

कामना सेवा विकास बैंक आर्थिक वर्ष २०७५-०७६ मा समेत मध्यमस्तरीय उत्कृष्ट करदाताको रुपमा सम्मानित भएको छ । कर दिवसको अवसरमा विगत वर्षहरुमा जस्तै यस वर्ष पनि आन्तरिक राजस्व विभागद्वारा मध्यमस्तरीय करदाता कार्यालयको कार्यक्षेत्रभित्र पर्ने करदातामध्ये सबैभन्दा बढी आयकर दाखिला गरेको कामना सेवा विकास बैंकलाई उक्त मध्यमस्तरीय उत्कृष्ट करदाताकोरुपमा सम्मानित गरिएको हो ।बैंकका प्रबन्धक दिमश अमात्यलाई […]