आर्थिक अभियानकर्मी अधिकारी आर्थिक पत्रकारिता पुरस्कारबाट सम्मानित

चितवन । आर्थिक पत्रकारिता पुरस्कारबाट आर्थिक अभियानकर्मी सूर्यप्रसाद अधिकारी सम्मानित भएका छन ।   चितवन जिल्लालाई पत्रकारिताको कर्मथलो बनाएर जिल्लाको कृषि,शिक्षा स्वास्थ्य पर्यटन लगायतका व्यवसायिक प्रर्वद्धन संग सम्बन्धित समाचार प्रसारण गरि जिल्लाको आर्थिक विकासमा महत्वपूर्ण योगदान दिएको भन्दै अधिकारीलाई सम्मानित गरिएको हो । उद्योग वाणिज्य संघ, चितवनको ५७ औं बार्षिक साधारण सभा तथा अधिवेशनको अवसर पारेर अधिकारीलाई नगद ५१ हजार सहित सम्मानित गरिएको थियो  । अर्थमन्त्री डा.प्रकाशशरण महत , बाग्मती प्रदेश स्वास्थ्य मन्त्री उत्तम जोशी तथा उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालको आतिथ्यतामा पुरस्कार प्रदान गरिएको थियो । अधिकारी चितवनमा रहेर एकदशक भन्दा बढी समय आर्थिक क्षेत्रलाई प्राथमिकता दिएर कलम चलाउँदै आएका छन । उनी आर्थिक अभियान राष्ट्रिय दैनिक का चितवन संवाददाता हुन् ।   

सम्बन्धित सामग्री

अभियानकर्मी अधिकारीलाई आर्थिक पत्रकारिता पुरस्कार

चितवन। अभियानकर्मी सूर्यप्रसाद अधिकारी आर्थिक पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । पत्रकारितामार्फत कृषि, शिक्षा स्वास्थ्य, पर्यटन लगायतका व्यावसायिक प्रवर्द्धनमा योगदान दिएको भन्दै उद्योग वाणिज्य संघ चितवनले उनलाई सम्मान गरेको हो । संघको ५७औं वार्षिक साधारणसभा तथा अधिवेशनको अवसर पारेर अधिकारीलाई नगद ५१ हजार रुपैयाँसहित सम्मानित गरिएको हो । अधिकारी चितवनमा रहेर एक दशकभन्दा लामो समयदेखि आर्थिक क्षेत्रलाई प्राथमिकता दिएर कलम चलाउँदै आएका छन् ।

हरिहरदेव आर्थिक पत्रकारिता पुरस्कार बञ्जाडेलाई

यस वर्षको हरिहरदेव आर्थिक पत्रकारिता पुरस्कार कान्तिपुर दैनिकका बरिष्ठ उप सम्पादक यज्ञ बञ्जाडेलाई प्रदान गरिने भएको छ। लघुवित्तका पिता भनेर चिनिने स्वर्गीय डा. हरिहरदेव पन्तको स्मृतिमा स्थापना भएको आर्थिक पत्रकारिता...

५०/५० हजार राशिको भरतमोहन अधिकारी–नाफिज आर्थिक पत्रकारिता पुरस्कार घोषणा

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले भरतमोहन अधिकारी स्मृति फाउण्डेसनको आर्थिक सहयोगमा २ आर्थिक पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । नाफिजले फाउण्डेसनको सहयोगमा ‘भरतमोहन अधिकारी – नाफिज आर्थिक पत्रकारिता पुरस्कार’ र ‘भरतमोहन अधिकारी – नाफिज सहकारी पत्रकारिता पुरस्कार’ प्रदान गर्ने भएको हो ।नाफिजका अध्यक्ष मोदनाथ ढकाल र फाउण्डेसनकी संस्थापक महासचिव लिमा अधिकारीले मंगलबार एक कार्यक्रमकाबीच पुरस्कार प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । हस्ताक्षरकर्ता अधिक

डा. हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार विजयराज खनाललाई प्रदान गरिने

लघुवित्तका पिता भनेर सु—परिचित स्वर्गीय डा. हरिहरदेव पन्तको स्मृतिमा स्थापना भएको आर्थिक पत्रकारिता पुरस्कार यस वर्ष पत्रकार विजयराज खनाललाई प्रदान गरिने भएको छ । डा. हरिहरदेव पन्त फाउन्डेसनद्धारा स्थापित उक्त पुरस्कार डा. पन्तको सातौं वार्षिक पुण्य स्मृति दिवस पारेर भदौ २१ गते सेतोपाटी डटकमका वरिष्ठ संवाददाता विजयराज खनाललाई प्रदान गरिने भएको हो ।जीवनका अधिकांश सयम […]

वरिष्ठ पत्रकार बुढाथोकी धितोपत्र आर्थिक पत्रकारिता पुरस्कारबाट सम्मानित

टक्सार म्यागाजिनका सम्पादक तथा वरिष्ठ पत्रकार गजेन्द्र बुढाथोकी धितोपत्र बजार आर्थिक पत्रकारिता पुरस्कार २०७९ बाट सम्मानित भएका छन् । बोर्डको ३० औं वार्षिकोत्सवको अवसरमा बोर्डले आर्थिक क्षेत्रमा कलम चलाउँदै धितोपत्र नियामक, व्यवस्था र लगानीकर्ताहरुलाई सुसूचित गर्ने काम गरेको भन्दै सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि एवं अर्थमन्त्री जनार्दन शर्माले पत्रकार बुढाथोकीलाई नगदसहित कदरपत्र प्रदान गरे ।  बुढाथोकीले नगद रु ७५ हजारसहित कदरपत्र प्राप्त गरेका छन् । उनी झण्डै तीन दशकदेखि आर्

एक लाख राशीको आर्थिक पत्रकारिता पुरस्कार स्थापना

काठमाडौं, नेस ।  एक लाख रुपियाँ राशीको आर्थिक पत्रकारिता पुरस्कार स्थापना भएको छ । नेपाल आर्थिक पत्रकार संघ ९नाफिज० ले एक लाख रुपियाँको आर्थिक पत्रकारिता पुरस्कार घोषणा गरेको हो । बैंकिङ तथा बीमा विज्ञ एवम् महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईसद्वारा स्थापित अक्षय कोषबाट नाफिजले हरेक वर्ष आफ्नो वार्षिकोत्सवका अवसरमा ‘शारदा-ढुण्डीराज– नाफिज आर्थिक […]

एक लाखको ‘शारदा/ढुण्डीराज नाफिज आर्थिक पत्रकारिता पुरस्कार’ घोषणा

काठमाडौं : नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले एक लाख रुपैयाँको ‘शारदा\ढुण्डीराज नाफिज आर्थिक पत्रकारिता पुरस्कार’ घोषणा गरेको छ।बैंकिङ तथा बीमा विज्ञ एवं महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले आफ्ना मातापिताको सम्मानमा उक्त पुरस्कार स्थापनार्थ नाफिजलाई सहयोग गरेका हुन्।नाफिजले हरेक वर्ष आफ्नो वार्षिकोत्सवका दिन उक्त पुरस्कार प्रदान गर्नेछ। पुरस्कारका लागि आवश्यक १० लाख रुपैयाँ भट्टराईले अक्षय कोषका रूपमा रकम उपलब्ध गराएका छन्। सोही रकमको ब्याजबाट उ

एक लाख राशिको ‘आर्थिक पत्रकारिता पुरस्कार’ घोषणा

आर्थिक पत्रकारिता क्षेत्रकै हालसम्मको ठूलो राशिको ‘शारदादेवी÷ढुण्डीराज भट्टराई आर्थिक पत्रकारिता पुरस्कार’ घोषणा भएको छ । एक लाख राशि रहेको उक्त पुरस्कार क्रियाशील आर्थिक पत्रकारहरुको साझा संस्था नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले बुधबार घोषणा गरेको हो ।बैंकिङ तथा बीमा विज्ञ एवं महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईसँगको सहकार्यमा नाफिजले हरेक वर्ष आफ्नो वार्षिकोत्सवका दिन ‘शारदादेवी ढुण्डीराज भट्टराई – नाफिज आर्थिक पत्रकारिता पु

यस वर्षको पूँजीबजार उत्कृष्ट आर्थिक पत्रकारिता पुरस्कार नाफिजलाई

यस वर्षको पूँजीबजार उत्कृष्ट आर्थिक पत्रकारिता पुरस्कार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) लाई प्रदान गरिने भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आफ्नो २९औँ वार्षिक उत्सवको अबसरमा उक्त पुरस्कार संघलाई प्रदान गर्ने घोषणा गरेको हो ।बोर्डको २९ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले नाफिजलाई उक्त अवार्ड प्रदान गरिने घोषणा गरे ।पूँजीबजारको विकास तथा सुधार, लेख रचना प्रशारण, छलफल अन्तरक्रिया सञ्चालन गरेकामा नाफिजलाई बोर्डले पत्रकारिता पुरस्कार दिने निर्णय गरिएक