आइएमई सबैभन्दा बढी कर तिर्नेमा सम्मानित

आइएमई आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा बढी कर तिर्ने कम्पनीको रूपमा सम्मानित भएको छ।

सम्बन्धित सामग्री

कर राजस्वमा उच्च योगदान गर्ने व्यक्ति तथा संस्थालाई परिसंघको सम्मान

काठमाडौं। नेपाल उद्योग परिसंघले राष्ट्रिय कर दिवस २०८० को अवसरमा नेपाल सरकारबाट सम्मानित भएका उच्च करदातालाई सम्मान गरेको छ । सरकारले राष्ट्रिय कर दिवसको अवसरमा १६ संस्था तथा व्यक्तिलाई उच्च करदाताको रूपमा सम्मान गरेको थियो । सम्मानितमध्ये दुई सरकारी लगानी रहेका कम्पनी र १४ निजी एवं सार्वजनिक क्षेत्रका छन् । परिसंघले निजी एवं सार्वजनिक क्षेत्रका १४ उच्च करदातालाई सम्मान गरेको हो । १४ मध्ये ११ परिसंघका सदस्य छन् ।  आर्थिक वर्ष २०७८/७९ मा सबैभन्दा बढी कर तिर्ने करदातामध्ये निर्यात कारोबारमा डाबर नेपाल प्रालि, विशेष उद्योगमा एशियन पेन्ट्स प्रालि, कृषि एवं पशुपन्छीजन्य उद्योगमा ओसीबी फुड्स एण्ड फिड्स प्रालिलाई परिसंघले सम्मान गरेको हो । यस्तै, सहकारी तथा लघुवित्तको कारोबार गर्ने संस्थामा छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड, बैंक वित्तीय संस्थाको कारोबार गर्ने संस्थामा ग्लोबल आइएमई बैंक लिमिटेड, बीमा व्यवसायमध्ये लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड, स्वास्थ्य तथा शिक्षा सेवा प्रदायक संस्थामा नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल प्रालि, पर्यटन व्यवसायमा मनकामना दर्शन प्रालिलाई परिसंघले सम्मान गरेको छ । यसैगरी, वस्तु व्यापारको कारोबारमा भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोर प्रालि, ऊर्जामूलक उद्योगमा भोटेकोशी पावर कम्पनी प्रालि, रेमिटेन्स तथा मनी ट्रान्सफरको कारोबारमा आइएमई लिमिटेड, व्यक्तिगत आयतर्फ सबैभन्दा बढी कर तिर्ने विजयकुमार शाह, सबैभन्दा बढी कुल आन्तरिक राजस्व दाखिला गर्ने र आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी मूल्य अभिवृद्धि कर दाखिला गर्ने सूर्य नेपाल प्रालिलाई परिसंघले सम्मान गरेको छ ।  परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले उच्च करदाता हुनु व्यक्तिगत एवं संस्थागत उपलब्धि मात्रै नभएर राज्यप्रतिको महत्त्वपूर्ण योगदान भएको बताए । कार्यक्रममा परिसंघका गभर्निङ काउन्सिल सदस्य अनुज अग्रवाल, उपाध्यक्षहरू वीरेन्द्रराज पाण्डे, हेमराज ढकाल, अमित मोर, पदाधिकारी सदस्य सन्दीप शारडा लगायत सहभागी थिए ।

विप्रेषण कारोबारमा आइएमईलाई लगातार चौथो सम्मान

आइएमई रेमिट विप्रेषणतर्फ सबैभन्दा धेरै आयकर तिर्ने कम्पनीका रुपमा सम्मानित भएको छ । आन्तरिक राजस्व विभागले कर दिवसका अवसरमा सबैभन्दा बढी कर तिर्ने १५ करदातालाई सम्मान गरेकोमा यो सूचीमा आइएमई विप्रेषण क्षेत्रमा पहिलो कम्पनी पर्न सफल भएको हो ।विप्रेषणको कारोबार गर्नेमध्ये सबैभन्दा बढी आयकर तिर्ने करदाताको रुपमा आइएमईलाई यो लगातार चौथो सम्मान हो । श्रमका […]

विप्रेषण कारोबारमा आइएमईलाई लगातार चौंथो सम्मान

काठमाण्डौ - आइएमई रेमिट विप्रेषणतर्फ सबैभन्दा धेरै आयकर तिर्ने कम्पनीका रुपमा सम्मानित भएको छ । आन्तरिक राजस्व विभागले कर दिवसका अवसरमा सबैभन्दा बढी कर तिर्ने १५ करदातालाई सम्मान गरेकोमा यो सूचीमा आइएमई विप्रेषण क्षेत्रमा पहिलो कम्पनी पर्न सफल भएको हो । विप्रेषणको कारोबार गर्नेमध्ये सबैभन्दा बढी आयकर तिर्ने करदाताको रुपमा आइ...