वरिष्ठ पत्रकार बुढाथोकी धितोपत्र आर्थिक पत्रकारिता पुरस्कारबाट सम्मानित

टक्सार म्यागाजिनका सम्पादक तथा वरिष्ठ पत्रकार गजेन्द्र बुढाथोकी धितोपत्र बजार आर्थिक पत्रकारिता पुरस्कार २०७९ बाट सम्मानित भएका छन् । बोर्डको ३० औं वार्षिकोत्सवको अवसरमा बोर्डले आर्थिक क्षेत्रमा कलम चलाउँदै धितोपत्र नियामक, व्यवस्था र लगानीकर्ताहरुलाई सुसूचित गर्ने काम गरेको भन्दै सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि एवं अर्थमन्त्री जनार्दन शर्माले पत्रकार बुढाथोकीलाई नगदसहित कदरपत्र प्रदान गरे ।  बुढाथोकीले नगद रु ७५ हजारसहित कदरपत्र प्राप्त गरेका छन् । उनी झण्डै तीन दशकदेखि आर्

सम्बन्धित सामग्री

वरिष्ठ पत्रकार पोखरेलको निधन

काठमाडौँ, – वरिष्ठ पत्रकार एवं राष्ट्रिय समाचार समिति (रासस) का पूर्वनिमित्त महाप्रबन्धक गोकुलप्रसाद पोखरेलको ८७ वर्षको उमेरमा त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा आज निधन भएको छ। नेपाल प्रेस इन्स्टिच्युट (एनपिआई) का संस्थापक महासचिव र दुई कार्यकाल अध्यक्ष भएका पोखरेल गोरखापत्र दैनिकका पूर्वसम्पादक र ‘मुना’ बाल मासिक (बालपत्रिका) का संस्थापक प्रधानसम्पादक पनि थिए। गोरखापत्र संस्थानको राष्ट्रिय पत्रकारिता […]

‘आदर्श पत्रकारिता पुरस्कार’ वरिष्ठ पत्रकार किशोर नेपाललाई प्रदान गरिने

नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाले यस वर्षको ‘आदर्श पत्रकारिता पुरस्कार’ वरिष्ठ पत्रकार किशोर नेपाललाई प्रदान गर्ने भएको छ । शाखाको आज बसेको कार्यसमितिको बैठकले रु एक लाख एक हजार एक सय ११ राशिको सो पुरस्कार वरिष्ठ पत्रकार नेपाललाई प्रदान गर्ने निर्णय गरेको अध्यक्ष सूर्य सुवेदीले जानकारी दिनुभयो । शनिबार हुने शाखाको २३औँ साधारणसभामा शाखाका संस्थापक […]

रहेनन् वरिष्ठ पत्रकार श्रेष्ठ

काठमाडौँ,१५ पुष । वरिष्ठ पत्रकार मनिन्द्रलाल श्रेष्ठको निधन भएको छ । लामो समयदेखि क्यान्सरको उपचारमा रहनुभएका श्रेष्ठको काठमाडौँको पेप्सीकोलास्थित आफ्नै निवासमा आज बिहान निधन भएको हो । पाल्पाको वसन्तपुरमा जन्म भई राष्ट्रिय समाचार समिति (रासस)मा रही मुलुकको पत्रकारिता क्षेत्रमा करिब तीन दशक सेवा गरेका ७९ वर्षीय श्रेष्ठका श्रीमती, तीन छोरी र एक छोरा छन् । […]

रहेनन् वरिष्ठ पत्रकार श्रेष्ठ

वरिष्ठ पत्रकार मनिन्द्रलाल श्रेष्ठको निधन भएको छ । लामो समयदेखि क्यान्सरको उपचारमा रहनुभएका श्रेष्ठको काठमाडौँको पेप्सीकोलास्थित आफ्नै निवासमा आज बिहान निधन भएको हो ।पाल्पाको वसन्तपुरमा जन्म भई राष्ट्रिय समाचार समिति (रासस)मा रही मुलुकको पत्रकारिता क्षेत्रमा करिब तीन दशक सेवा गरेका ७९ वर्षीय श्रेष्ठका श्रीमती, तीन छोरी र एक छोरा रहेका छन् ।उनको आजै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

वरिष्ठ पत्रकार अधिकारी र साहित्यकार गिरी सम्मानित

१४ मंसिर, काठमाडौं।  मुलुकको पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएबापत वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारीलाई सम्मान गरिएको छ । ज्ञानगुन प्रतिष्ठानद्वारा आज यहाँ आयोजित कार्यक्रममा सर्वोच्च अदालतका पूर्वन्यायाधीश टोपबहादुर सिंह र भाषाशास्त्री प्रा डा माधवप्रसाद पोखरेलले उनलाई ‘रुक्मणिराज सिवाकोटी स्मृति पत्रकारिता सम्मान’ प्रदान गरे । विश्वविख्यात रोयटर्स, बिबिसीलगायत समाचार समिति र दि टाइम्स पत्रिकामा लामो समय काम […]

वरिष्ठ पत्रकार देवेन्द्र गौतमको निधन

काठमाडौं : वरिष्ठ पत्रकार देवेन्द्र गौतमको निधन भएको छ। उनको आज विहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ। निमोनिया भएपछि उनलाई ललितपुरको बी एण्ड बी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। नयाँ करेन्ट साप्ताहिकका सम्पादक एवं प्रकाशक गौतम सम्पादक समाज नेपालका पूर्व अध्यक्ष, नेपाल पत्रकार महासङ्घका कार्यवाहक सभापति थिए। ७७ वर्षीय गौतम कोभिड सङ्क्रमणबाट मुक्त भएपछि पनि श्वासप्रश्वासमा गाह्रो भएपछि अस्पतालमा भर्ना गरिएको थियो।पाँच दशक लामो सक्रिय र स्वतन्त्र पत्रकारिता जीवनमा

राससको कार्यकारी अध्यक्षमा वरिष्ठ पत्रकार झा

काठमाडौँ– नेपाल सरकारले राष्ट्रिय समाचार समिति (रासस) को रिक्त कार्यकारी अध्यक्ष पदमा वरिष्ठ पत्रकार धर्मेन्द्र झालाई नियुक्त गरेको छ । नेपाल सरकार, मन्त्रिपरिषद्को आज साँझ बसेको बैठकले उनलाई चारवर्षे कार्यकालका लागि राससको कार्यकारी अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय अध्यक्षसमेत रहेका झाले २०४३ सालदेखि पत्रकारिता सुरु गरेका हुन् । पत्रकार […]

वरिष्ठ पत्रकार अधिकारीलाई सुप्रवल जनसेवाश्री पदक

काठमाडौं । वरिष्ठ पत्रकार हरिविनोद अधिकारी सुप्रवल जनसेवाश्री पदकबाट विभुषित हुनु भएको छ । अधिकारीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले २०७९ बैशाख १ गते विभूषण प्रदान गर्नु भएको हो । विभूषण पाउनुहुने वरिष्ठ पत्रकार अधिकारी लामो समयदेखि पत्रकारिता क्षेत्रमा संलग्न हुनुहुन्छ । अधिकारीलाई पत्रकारिता क्षेत्रमार्फत राष्ट्रमा योगदान पुर्‍याएको भन्दै सरकारले विभूषण दिएको हो । सिन्धुलीमा जन्मिनु भएका […]

भट्टराई स्मृति पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार नेपाललाई

काठमाडौं : कृष्णप्रसाद भट्टराई स्मृति पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार किशोर नेपाललाई दिइने भएको छ। रिपोर्टर्स क्लब नेपालले यही चैत्र १७ गते स्थापनाको २४औं वार्षिकोत्सवमा उक्त पुरस्कारबाट वरिष्ठ पत्रकार नेपाललाई सम्मान गर्न लागेको हो।आज (आइतबार) क्लबको पुरस्कार छनोट समितिको बैठकले यस्तो निर्णय गरेको हो। पुरस्कारको राशि १ लाख रुपैयाँ रहेको छ। सन्त नेता स्व. कृष्णप्रसाद भट्टराईको नाममा क्लबले आजै उक्त पुरस्कार स्थापना गरेको हो।पत्रकार नेपालले नेपाली सञ्चार क्षेत्र र लोकतान्त्रिक आ

वरिष्ठ पत्रकार श्रेष्ठको निधनले अपूरणीय क्षति

जनकपुरधामबाट प्रकाशित हुने जानकी साप्ताहिकका प्रकाशक तथा सम्पादक मदनलाल श्रेष्ठको निधन भएको छ । नेपाल पत्रकार महासङ्घ धनुषा शाखाको उपाध्यक्ष पदमा समेत पटक–पटक निर्वाचित भएका वरिष्ठ पत्रकार श्रेष्ठ गत मङ्सिर महिनादेखि आफ्नो छोराहरूका साथ चितवन स्थित नारायणगढमा बस्दै आएका थिए ।वरिष्ठ पत्रकार श्रेष्ठको ७३ वर्षको उमेरमा असामयिक निधन भएको उनको भाइ समेत रहेका पत्रकार शङ्कर श्रेष्ठले जानकारी दिए । राजनीतिदेखि पत्रकारितासम्मको यात्रा तय गरिसकेका उनको निधनले जनकपुरधामको पत्रकारिता क्षेत्रले कु