करिम बेन्जामा ५ वर्षपछि फ्रान्सको राष्ट्रिय टोलीमा फर्किदैछन् र यी अनुभवी स्ट्राइकरले युवा स्टार कालियन एमबाप्पेसँ फ्रान्सको अग्रपंक्ति सम्हाल्नेछन् । एमबाप्पेसँग आफ्नो साझेदारी जम्छ भन्नेमा बेन्जामालाई कुनै शंका छैन । ‘मलाई धेरैले धेरै सुझाव दिनुभएको छ । एमबाप्पेसँग खेल्न सहज हुन्छ । उनी युवा हुन्, तर निकै निकै प्रतिभाशाली छन्,’ ३१ वर्षीय बेन्जामाले भने,‘मलाई उनको मुभमेन्ट मनपर्छ । उनले जसरी खेल्छन्, त्यो मनपर्छ । अब मैदानमा हामी दुबै राम्रो गर्नेछौं । मलाई यसमा