नामिबिया र नेदरल्याण्ड्स सम्मिलित शृंखला खेल्न नेपाल उत्साहित

२ फागुन, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल र मुख्य प्रशिक्षक मोन्टी देशाईले आईसीसी विश्वकप लिग–२ क्रिकेट अन्तर्गत नामिबिया र नेदरल्याण्ड्स सम्मिलित शृंखलाका लागि आफूहरु उत्साहित रहेको बताएका छन् । भोलि बिहीबारदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुन लागेको प्रतियोगिताको पूर्वसन्ध्यामा भएको पत्रकार सम्मेलनमा कप्तान रोहितले यो शृंखलाका लागि पूरै टिम उत्साहित रहेको […]

सम्बन्धित सामग्री

त्रिकोणात्मक टी-२० शृङ्खलाको उपाधि नेदरल्याण्ड्सलाई

काठमाडौँ ।  त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको उपाधि नेदरल्याण्ड्सले जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हजारौ दर्शकलाई निशब्द बनाउँदै नेदरल्याण्ड्सले चार विकेटको रोमाञ्चक जित निकालेको हो । नेपालले प्रस्तुत गरेको एक सय ८५ रनको लक्ष्य नेदरल्याण्ड्सले १९ दशमलव तीन ओभरमा छ विकेटको क्षतिमा पूरा गर्‍यो । नेदरल्याण्ड्सको जितमा माइकल लेभिटले अर्धशतकीय पारी खेले । बिस्फोटक ब्याटिङ गरेका उनले २९ बलमा तीन छक्का र छ चौकाको सहयोगमा ५४ रन बनाए । म्याक्स ओ डाउडले २३ बलमा एक छक्का र दुई चौकाको सहयोगमा २२ रन बनाए । उत्कृष्ट शुरूआत गरेको नेदरल्याण्ड्सका लागि ओपनरद्वय लेभिट र ओ डाउडले पहिलो विकेटका लागि ८३ रनका साझेदारी गरे । नवौँ ओभरमा बलिङका लागि आएका कुशल मल्लले आफ्नो पहिलो ओभरमा दुई विकेट लिँदै नेपाललाई राहत दिलाए पनि त्यो जितका लागि पर्याप्त भएन । उनले नवौँ ओभरको पहिलो बलमा म्याक्स ओ डाउडलाई दीपेन्द्र सिंह ऐरीबाट क्याच आउट गराए भने सोही ओभरको पाँचौ बलमा माइकल लेभिटलाई कप्तान रोहित पौडेलबाट क्याच आउट गराउँदै पवेलियन फर्काए । नेदरल्याण्ड्सले एक सय ३४ रन छँदा तेस्रो विकेटका रुपमा विक्रम जित सिंहलाई गुमायो । सिंहले २३ बलमा तीन छक्कासहित २९ रन बनाए । साथै एक सय ४१ रन छँदा नेदरल्याण्ड्सले कप्तान स्कट एडवार्डलाई गुमायो । एडवार्डले जम्मा दुई रन बनाए । नेदरल्याण्ड्सले एक सय ६६ रन बनाउँदा पाँचौ विकेटका रुपमा साइब्राण्ड एङ्गलब्रेक्टलाई गुमायो । एङ्गलब्रेक्टले २९ बलमा तीन छक्का र चार चौकाको सहयोगमा ४८ रनको योगदान दिए । साथै छैटौँ विकेटका रुपमा एक सय ७३ रन छँदा तेजा निदामानुरु दुई रनमा आउट भए । नेदरल्याण्ड्सको जितमा बलर टिम भान डेर गुग्टेन पाँच बलमा दुई छक्का र दुई चौकाको सहयोगमा २१ रनकाे याेगदान दिए भने रोलफ भान डर पर्व दुई बनाए । यी दुवै खेलाडी अविजित रहे । नेदरल्याण्ड्सका लागि ५४ रन र दुई विकेट लिएका लेभिट प्लेयर अफ दि म्याच घोषित भए ।  त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ८४ रन बनाएको थियो । नेपालका लागि ओपनर आशिफ सेखले ३७ बलमा तीन छक्का र एक चौकाको सहयोगमा ४७ रनको योगदान दिए भने अर्का ओपनर कुशल भुर्तेलले २० रन बनाए । कप्तान रोहित पौडेलले २५ बनाए भने गुलशन झाले ३४ रनको योगदान दिए । दीपेन्द्र सिंह ऐरी एक रनमा आउट हुँदा कुशल मल्लले ११ बलमा तीन छक्काको सहयोगमा २६ रन बनाए । साथै करन केसीले नौ रन बनाउँदा आरिफ सेखले खाता खोल्न सकेनन् । पुच्छारका ब्याटरद्वय सोमपाल कामी र प्रतिस जिसीले समान छ/छ रन बनाए । नेदरल्याण्ड्सका लागि फ्रेड काल्सेन, टिम भान डेर गुग्टेन, माइकल लेभिट र साइब्राण्ड एङ्गलब्रेक्टले समान दुई/दुई विकेट लिए । जारी शृङ्खलामा नेदरल्याण्ड्स पाँच अङ्कका साथ तालिकाको शीर्ष स्थानमा रहँदै फाइनल प्रवेश गरेको हो भने नेपाल चार अङ्कका साथ फाइनलमा प्रवेश गरेको हो । चार खेलमा एक जित, दुई हार र एक ड्र गरी तीन अङ्क जोडेको नामिबिया तालिकाको पुच्छारमा रह्यो । शृङ्खलाको पहिलो खेलमा नामिबियाले नेपाललाई २० रनले पराजित गरेको थियो भने दोस्रो खेलमा नेदरल्याण्ड्सले नेपाललाई दुई रनले पराजित गरेको थियो । साथै तेस्रो खेलमा नेदरल्याण्ड्सले नामिबियालाई ५९ रनले पराजिति गरेको थियो भने चौथो खेलमा नेपालले नामिबियाविरुछ तीन रनको रोमाञ्चक जित निकालेको थियो । साथै पाँचौ खेलमा नेपालले नेदरल्याण्ड्सलाई छ विकेटको सहज जित निकालेको थियो । त्यसैगरी नामिबिया र नेदरल्याण्ड्सबीचको खेल वर्षाले प्रभावित भएको थियो । रासस

नेपाल त्रिकोणात्मक टी–२० सिरिजको फाइनलमा

काठमाडौँ : नेपालले त्रिकोणात्मक टी–२० सिरिजको फाइनलमा स्थान बनाएको छ। शनिबार नेदरल्याण्ड्सलाई ६ विकेटले हराएसँगै मंगलबार हुने फाइनलमा नेपाल पुग्ने लगभग पक्का जस्तै भएको छ। जितसँगै नेपालको ४ खेलमा २ जित र २ हारसँगै ४ अंक भएको छ। नेपालसँगको हारका बाबजुद पनि नेदरल्याण्ड्सको ४ अंक नै छ। नेदरल्याण्ड्सले शुरुका २ खेल जितेको थियो भने तेस्रो खेलमा शनिबार नेपालसँग हार्न पुग्यो। नामिबियाले पहिलो खेलमा नेपाललाई हराए पनि त्यसपछि खेलेका नेदरल्याण्ड्स र नेपालसँगको खेलमा नामिबिया हार्न पुग

नामिबिया र नेदरल्याण्ड्स भिड्दै

काठमाडौं :  टी–२० त्रिदेशीय क्रिकेट शृङ्खलाको तेस्रो खेलमा आज नामिबिया र नेदरल्यान्ड्स खेल्दैछन्। खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा बिहान साढे ११ बजेदेखि शुरु हुनेछ। त्रिदेशीय शृङ्खलामा नेपालसहित नेदरल्यान्ड्स र नामिबिया रहेका छन्।टी–२० श्रृखलामा नेदरल्यान्ड्स र नामिबिया पहिलो खेल खेल्न लागेका हुन्। यसअघि दुवै देशले नेपालसँग खेलिसकेका छन्। नेपाल पहिलो खेलमा नामिबियासँग २० रनले पराजित भएको थियो भने दोस्रो खेलमा हिजो नेदरल्यान्ड्ससँग दुई रनले हारेको थियो।

नेपाल, नामिबिया र नेदरल्याण्ड्सबीचको टी २० सिरिज पनि एक्सन स्पोर्टसमा

काठमाडौं, १५ फागुन । नेपाल क्रिकेट संघ क्यानको आयोजनामा मंगलबारदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टी २० त्रिकोणात्मक सिरिज हुँदैछ । नेपाल, नामेविया र नेदरल्याण्ड्स सहभागी उक्त टी २० सिरिज डिसहोमको एक्सन स्पोर्टस एचडीवानबाट प्रत्यक्ष प्रसारण हुने भएको छ । पछिल्लो समय नेपाली क्रिकेट टिमले त्रिवि क्रिकेट मैदानमा खेलेका अन्तर्राष्ट्रिय प्रतियोगिताहरु प्रत्यक्ष प्रशारण गरिरएको डिसहोमले त्रिकोणात्मक […]

आईसीसी विश्वकप लिग-२ को खेल तालिका सार्वजनिक

काठमाडौँ : नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी विश्वकप क्रिकेट लिग-२ को खेल तालिका सार्वजनिक गरेको छ।१० दिनसम्म नेपालमा सञ्चालन हुने त्रिकोणात्मक सिरिजमा नेपाल, नामिबिया र नेदरल्याण्ड्स सहभागी हुने छन्। क्यानले जारी गरेको खेल तालिकाअनुसार उदघाटन खेलमा नेपालले नामिबियासँग खेल्दै सिरिजको शुरुवात गर्नेछ।त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा फागुन ३ गते हुने पहिलो खेलमा नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुने भएको हो।फागुन ५ मा हुने दोस्रो खेलमा नेपाल नेदरल्याण्ड्सँग खेल्नेछ।

विश्वकप क्रिकेट लिगको पहिलो शृंखला नेपालमा हुने

काठमाडौँ : आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको पहिलो त्रिकोणात्मक शृंखला नेपालले घरेलु मैदानमा नै खेल्ने भएको छ।नेपाल, नेदरल्याण्ड्स र नामिबियाबीच हुने उक्त शृङ्खला आगामी फागुन ५ गतेदेखि हुने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ।शृंखलामा नेपालले नेदरल्याण्ड्स र नामिबिया दुवै टोलीसँग २/२ खेल खेल्नेछ। अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)का अनुसार यस संस्करणको खेलमा ८ राष्ट्र सहभागी हुने छन्।जसमा नेपालसहित नामिबिया, क्यानडा, नेदरल्याण्ड्स, स्कटल्याण्ड, संयुक्त अरब इमिरेट्स (यूए

लिग टूको पहिलो सिरिज नेपालमा, नेदरल्याण्ड्स र नामिबिया आउने

१५ मंसिर, काठमाडौं । आईसीसी क्रिकेट वर्ल्डकप लिग टूको पहिलो सिरिज नेपालमा हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार ५ फागुनबाट काठमाडौंमा हुने पहिलो सिरिज खेल्न नेदरल्याण्ड्स र नामिबिया नेपालमा आउने छन् । लिग …