माछापुच्छ्रे बैंकको पनि घट्यो ब्याजदर

काठमाडौं । माछापुच्छ्रे बैंकले मंसिरका लागि बढाएको ब्याजदर पुसको लागि घटाएको छ । माछापुच्छ्रे मंसिर महिनाका लागि ब्याजदर बढाउने एक्लो वाणिज्य बैंक बनेको थियो । उसले मंसिर २६ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएको हो । बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा १०.६० प्रतिशत दिँदै आएको ब्याजदर घटाएर ९.६० प्रतिशतमा झारेको छ । बैंकले अब मुद्दती निक्षेपमा […]

सम्बन्धित सामग्री

१० वाणिज्य बैंकको शेयर मूल्य २ सयभन्दा मुनि, किन घट्यो आकर्षण ?

काठमाडौं । लामो समयदेखि शेयर बजार घट्दो ट्रेण्डमा छ । अधिकांश वाणिज्य बैंकहरूको शेयर मूल्य निकै तल्लो विन्दुमा छ । मर्जर तथा प्राप्तिपछि नेप्सेमा १९ वाणिज्य बैंकको शेयर कारोबार हुने गर्दछ । सूचीकृत १९ वाणिज्य बैंकमध्ये १० बैंकको शेयर मूल्य २ सयभन्दा तल छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुमारी बैंक, प्रभु बैंक, सिटिजन्स बैंक,नेपाल इन्भेष्टमेण्ट मेगा बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक, प्राइम कमर्सियल बैंक, ग्लोबल आइएमई बैंक, एनएमबि बैंक र हिमालयन बैंकको शेयर मूल्य २ सयभन्दा तल झरेको हो । यी बैंकहरूमध्ये सबैभन्दा सस्तो कुमारी बैंकको शेयर मूल्य छ । बुधवार यस बैंकको शेयर मूल्य प्रतिकित्ता रू. १४९ दशमलव ६ कायम भएको हो । कुमारीपछि सस्तो शेयर मूल्य प्रभु बैंकको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १५६ छ । शेयर मूल्य कम भएकामध्ये अधिकांश मर्जरमा गएका बैंक छन् ।   मर्जरपश्चात बढेको पूँजी अनुसार व्यापार वृद्धि गर्न नसक्दा यी बैंकहरूको प्रतिशेयर आम्दानीसँगै बजार भाउ पनि निकै तल झरेको जानकारहरू बताउँछन् । मर्जरपश्चात बनेका कम्पनीका त्रैमासिक वित्तीय विवरण हेर्दा प्रमुख सूचकहरू पनि कमजोर देखिएका छन् ।  शेयर बजारमा सूचकलाई नै उल्लेख्य रूपमा परिवर्तन गराउन सक्ने क्षमता भएका वाणिज्य बैंकहरूका शेयरमा पछिल्लो समय लगानीकर्ताको आकर्षण खासै देखिँदैन । जानकारहरूका अनुसार यसकाे एक कारण बैंकहरूको आम्दानी खस्किनु हाे । बैंकको कमाइको तुलनामा आम्दानी कम हुँदा प्रतिफल घट्दो दरमा छ ।बैंकको शेयरमा लगानीकर्ताको आकर्षण नहुनुको अर्को कारण हो– शेयर संख्या बढी भएकाले धेरैजनासँग शेयर हुनु हाे । बैंकको शेयर धेरै जनासँग भएकाले यसलाई अन्य सेक्टरको शेयरजस्तो चलाएर ठूलो पूँजीगत लाभ लिन सक्ने अवस्था पनि छैन ।   यसो त कतिपय लगानीकर्ताले भने शेयर मूल्य तल्लो विन्दुमा आएकाले यो समयमा अल्पकालीन वा दीर्घकालीन लगानीको लागि उपयुक्त हुने बताउँछन् । गत आर्थिक वर्ष (आव)को मुनाफाबाट हालसम्म १० वाणिज्य बैंकले लाभांश घोषणा गरिसकेका छन् । एनएमबि बैंकले गत आवको मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको छ । आठ बैंकले लाभांश घोषणा गर्न बाँकी छ । यस कारण बैंकहरूको शेयर मूल्य निकै सस्तिएकाले अहिले लगानी गर्दा जोखिमभन्दा पनि प्रतिफल बढी हुने जानकारहरू बताउँछन् ।  यी बैंकमध्ये सबैभन्दा धेरै शेयर मूल्य रहेको स्ट्याण्डर्ड चार्टर्ड बैंकको शेयर मूल्य प्रतिकित्ता रू. ५०६ कायम भएको छ । सबैभन्दा धेरै शेयर मूल्य भएको बैंकको सूचीमा दोस्रोमा रहेको नबिल बैंकको शेयर मूल्य रू. ५०५ छ ।  कुन बैंकको शेयर मूल्य कति ? स्रोत : नेप्से ।

अमेरिकी डलरको मूल्य बढ्यो, अस्ट्रेलियन डलरको घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंक (Nepal Rastra Bank)ले बुधवारका लागि अमेरिकी डलरको (Dollar) विनिमय दर (Exchange rate) बढाएको छ । राष्ट्र बैंक (NRB)का अनुसार आज १ अमेरिकी डलरको खरीद दर १३० रुपैयाँ ७७ पैसा र विक्रीदर १३१ रुपैयाँ ३७ पैसा छ । गत मंगलवार राष्ट्र बैंकले १ अमेरिकी डलरको खरीद दर १३० रुपैयाँ ७६ पैसा र विक्री दर १३१ रुपैयाँ ३६ पैसा तोकेको थियो । आज युरोको भाउ पनि बढेको छ । आज प्रतियुरोको भाउ खरीद दर १४४ रुपैयाँ ०७ पैसा र विक्री दर १४४ रुपैयाँ ७३ पैसा कायम भएको छ । अघिल्लो दिन युरोको खरीद दर १४३ रुपैयाँ ९१ पैसा र विक्री दर १४४ रुपैयाँ ५७ पैसा कारोबार भएको थियो । त्यसैगरी आज अस्ट्रेलियन डलरको भाउ भने घटेको छ । आज १ अस्ट्रेलियन डलरको खरीद दर ८७ रुपैयाँ ०५ पैसा र विक्री दर ८७ रुपैयाँ ४५ पैसा कायम भएको छ । अघिल्लो दिन १ अस्ट्रेलियन डलरको खरीद दर ८७ रुपैयाँ ३९ पैसा र विक्री दर ८७ रुपैयाँ ७९ पैसा कायम भएको थियो । आज १९ ओटा वाणिज्य बैंकको डलरको खरीद दर र विक्री दर राष्ट्र बैंकले निर्धारण गरेको मूल्यभन्दा बढी छ । एनएमबी बैंकमा डलरको खरीद दर सबैभन्दा कम १३० रुपैयाँ २५ पैसा  छ भने विक्री दर १३१ रुपैयाँ ५० पैसा छ । त्यसैगरी एभरेष्ट बैंकको खरीद दर र विक्री दर राष्ट्र बैंकले निर्धारण गरेको मूल्यभन्दा कम छ ।  कुन बैंकमा कति छ डलरको विनिमय दर ? क्र. सं. बैंक नगद खरीद दर नगद विक्री दर १ कुमारी बैंक लिमिटेड  १३०. ८५   १३१.४५ २ सनराइज बैंक लिमिटेड  १३०. ८५   १३१.४५ ३ लक्ष्मी बैंक लिमिटेड  १३०. ९०   १३१.५० ४   सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड    १३०. ८५   १३१.४५ ५ प्रभु बैंक लिमिटेड  १३०. ८५   १३१.४५ ६ प्राइम कमर्सियल बैंक लिमिटेड  १३०. ८५   १३१.४५ ७ एनएमबि बैंक  १३०. २५   १३१.५० ८ माछापुच्छ्रे बैंक लिमिटेड  १३०. ८५   १३१.४५ ९ ग्लोबल आइएमई बैंक  १३०. ८५   १३१.४५ १० सानिमा बैंक लिमिटेड  १३०. ८५   १३१.४५ ११ नेपाल बैंक लिमिटेड  १३०. ८५   १३१.४५ १२ सिद्धार्थ बैंक लिमिटेड  १३०. ८५   १३१.४५ १३ हिमालयन बैंक लिमिटेड  १३०. ८५   १३१.४५ १४ कृषि विकास बैंक लिमिटेड  १३०. ८५   १३१.४५ १५ नेपाल एसबिआई बैंक लिमिटेड  १३०. ८५   १३१.४५ १६ स्टयाण्डर्ड चार्टर्ड बैंक लिमिटेड  १३०. ८०   १३१.४० १७ एभरेष्ट बैंक लिमिटेड  १३०. ७५   १३१.३५ १८ नबिल बैंक लिमिटेड  १३०. ९०   १३१.५० १९ नेपाल इन्भेष्टमेण्ट मेगा बैंक  १३०. ८५   १३१.४५ २० राष्ट्रिय वाणिज्य बैंक  १३०. ९०   १३१.५० २१ एनआईसी एशिया बैंक लिमिटेड  १३१. ०५   १३१.६५

लगातार ३ दिन स्थिर रहेको डलरको मूल्य घट्यो, कुन बैंकमा कति छ विनिमय दर ?

काठमाडौं । नेपाल राष्ट्र बैंक (Nepal Rastra Bank)ले मंगलवार डलर (Dollar)को विनिमय दर (Exchange rate) घटाएको छ । राष्ट्र बैंकका (NRB)का अनुसार आज १ अमेरिकी डलरको खरीद दर १३० रुपैयाँ ७६ पैसा र विक्री दर १३१ रुपैयाँ ३६ पैसा छ । सोमवार डलरको मूल्य स्थिर थियो । सोमवार बैंकले १ अमेरिकी डलरको खरीददर १३१ रूपैयाँ ०५ पैसा र विक्रीदर १३१ रूपैयाँ ६५ पैसा तोकेको थियो । आज २० ओटा वाणिज्य बैंकले डलरको खरीद दर र विक्री दर राष्ट्र बैंकको भन्दा कम तोकेका छन् । त्यस्तै एनएमबी बैंकमा डलरको खरीद दर सबैभन्दा कम १३० रुपैयाँ १० पैसा छ भने विक्री दर १३१ रुपैयाँ ३५ पैसा छ ।  कुन बैंकमा कति छ डलरको विनिमय दर ? क्र. सं. बैंक नगद खरीद दर नगद विक्री दर १ कुमारी बैंक लिमिटेड  १३०. ७०   १३१.३० २ सनराइज बैंक लिमिटेड  १३०. ७०   १३१.३० ३ लक्ष्मी बैंक लिमिटेड  १३०. ७०   १३१.३० ४   सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड    १३०. ७५   १३१.३५ ५ प्रभु बैंक लिमिटेड  १३०. ७०   १३१.३० ६ प्राइम कमर्सियल बैंक लिमिटेड  १३०. ७५   १३१.३५ ७ एनएमबि बैंक  १३०. १०   १३१.३५ ८ माछापुच्छ्रे बैंक लिमिटेड  १३०. ७०   १३१.३० ९ ग्लोबल आइएमई बैंक  १३०. ७०   १३१.३० १० सानिमा बैंक लिमिटेड  १३०. ७५   १३१.३५ ११ नेपाल बैंक लिमिटेड  १३०. ७५   १३१.३५ १२ सिद्धार्थ बैंक लिमिटेड  १३०. ७०   १३१.३० १३ हिमालयन बैंक लिमिटेड  १३०. ७०   १३१.३० १४ कृषि विकास बैंक लिमिटेड  १३०. ७०   १३१.३० १५ नेपाल एसबिआई बैंक लिमिटेड  १३०. ७०   १३१.३० १६ स्टयाण्डर्ड चार्टर्ड बैंक लिमिटेड  १३०. ६५   १३१.२५ १७ एभरेष्ट बैंक लिमिटेड  १३०. ७५   १३१.३५ १८ नबिल बैंक लिमिटेड  १३०. ७०   १३१.३० १९ नेपाल इन्भेष्टमेण्ट मेगा बैंक  १३०. ७५   १३१.३५ २० राष्ट्रिय वाणिज्य बैंक  १३०. ७५   १३१.३५ २१ एनआईसी एशिया बैंक लिमिटेड  १३१. ०५   १३१.६५

डलरको मूल्य घट्यो, कुन बैंकमा कति छ डलरको विनिमय दर ?

काठमाडौं । नेपाल राष्ट्र बैंक (Nepal Rastra Bank)ले शुक्रवार डलर (Dollar) को विनिमय दर (Exchange rate) घटाएको छ । राष्ट्र बैंक (NRB) का अनुसार आज १ अमेरिकी डलरको खरीद दर १३१ रुपैयाँ १४ पैसा र विक्री दर १३१ रुपैयाँ ७४ पैसा छ । बिहीवार भने डलरको मूल्य बढेको थियो । उक्त दिन राष्ट्र बैंकले १ अमेरिकी डलरको खरीद दर १३१ रुपैयाँ २७ पैसा र विक्री दर १३१ रुपैयाँ ८७ पैसा तोकेको थियो । आज १८ ओटा वाणिज्य बैंकको डलरको खरीद दर र विक्री दर राष्ट्र बैंकले निर्धारण गरेको मूल्यभन्दा बढी र १ ओटामा बैंकमा कम छ । एनएमबि बैंकमा डलरको खरीद दर सबैभन्दा कम १३० रुपैयाँ ४९ पैसा छ भने विक्री दर १३१ रुपैयाँ ७५ पैसा छ । त्यसैगरी आज प्राइम, कुमारी, ग्लोबल, नबिल र प्रभु बैंकमा डलरको खरीद दर र विक्री दर सबैभन्दा बढी छ ।   कुन बैंकमा कति छ डलरको विनिमय दर ?  क्र. सं. बैंक नगद खरीद दर नगद विक्री दर १ कुमारी बैंक लिमिटेड  १३१. २०   १३१.८० २ सनराइज बैंक लिमिटेड  १३१. १५   १३१.७५ ३ लक्ष्मी बैंक लिमिटेड  १३१. १५   १३१.७५ ४   सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड    १३१. १५   १३१.७५ ५ प्रभु बैंक लिमिटेड  १३१. २०   १३१.८० ६ प्राइम कमर्सियल बैंक लिमिटेड  १३१. २०   १३१.८० ७ एनएमबि बैंक  १३०. ४९   १३१.७५ ८ माछापुच्छ्रे बैंक लिमिटेड  १३१. १५   १३१.७५ ९ ग्लोबल आइएमई बैंक  १३१. २०   १३१.८० १० सानिमा बैंक लिमिटेड  १३१. १५   १३१.७५ ११ नेपाल बैंक लिमिटेड  १३१. १५   १३१.७५ १२ सिद्धार्थ बैंक लिमिटेड  १३१. १५   १३१.७५ १३ हिमालयन बैंक लिमिटेड  १३१. १५   १३१.७५ १४ कृषि विकास बैंक लिमिटेड  १३१. १५   १३१.७५ १५ नेपाल एसबिआई बैंक लिमिटेड  १३१. १५   १३१.७५ १६ स्टयाण्डर्ड चार्टर्ड बैंक लिमिटेड  १३१. १०   १३१.७० १७ एभरेष्ट बैंक लिमिटेड  १३१. १५   १३१.७५ १८ नबिल बैंक लिमिटेड  १३१. २०   १३१.८० १९ नेपाल इन्भेष्टमेण्ट मेगा बैंक  १३१. १५   १३१.७५ २१ एनआईसी एशिया बैंक लिमिटेड  १३१. १५   १३१.७५

डलरको मूल्य बढ्दा युरो घट्यो, आज कुन बैंकमा कतिमा कारोबार

काठमाडौं । नेपाली बजारमा डलरको मूल्य बुधवार बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरीददर १३१ रूपैयाँ र विक्रीदर १३१ रूपैयाँ ६० पैसा छ । अघिल्लो दिन १ अमेरिकी डलरको खरिददर १३० रूपैयाँ ७६ पैसा र विक्रीदर १३१ रूपैयाँ ३६ पैसा कायम भएको थियो ।   आज युरो र पाउण्ड स्टर्लिङको भाउ भने घटेको छ । आज प्रतियुरोको भाउ खरीददर १३८ रूपैयाँ ०६ पैसा र विक्रीदर १३८ रूपैयाँ ६९ पैसा कायम भएको छ । अघिल्लो दिन युरोको खरीददर १३९ रूपैयाँ ४५ पैसा र विक्रीदर १४० रूपैयाँ ०९ पैसा कारोबार भएको थियो । त्यसैगरी, आज १ पाउण्ड स्टर्लिङको खरीददर १५५ रूपैयाँ ०४ पैसा र विक्रीदर १५५ रूपैयाँ ७९ पैसा कायम भएको छ । अघिल्लो दिन १ पाउण्ड स्टर्लिङको खरीददर १५७ रूपैयाँ ०८ पैसा र विक्रीदर १५७ रूपैयाँ ८० पैसा कायम भएको थियो । यस्तो छ वभिन्न बैकंको डलरको विनिमय दर    क्र. सं. बैंक नगद खरीददर  विक्रीदर १ कुमारी बैंक लिमिटेड  १३०. ७०   १३१.३० २ सनराइज बैंक लिमिटेड  १३०. ०५   १३१.३० ३ लक्ष्मी बैंक लिमिटेड  १३०. ०५   १३१.३० ४   सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड    १३०. ०५   १३१.३० ५ प्रभु बैंक लिमिटेड  १३०. ०५   १३१.३० ६ प्राइम कमर्सियल बैंक लिमिटेड  १३०. ०५   १३१.३० ७ एनएमबि बैंक  १३०. १०   १३१.३५ ८ माछापुच्छ्रे बैंक लिमिटेड  १३०. ०५   १३१.३० ९ ग्लोबल आइएमई बैंक  १३०. १०   १३१.३५ १० सानिमा बैंक लिमिटेड  १३०. ०५   १३१.३० ११ नेपाल बैंक लिमिटेड  १३०. ०५   १३१.३० १२ सिद्धार्थ बैंक लिमिटेड  १३०. १०   १३१.३५ १३ हिमालयन बैंक लिमिटेड  १२९. ४५  १३०. ७० १४ कृषि विकास बैंक लिमिटेड  १३०. ०५   १३१.३० १५ नेपाल एसबिआई बैंक लिमिटेड  १३०. ०५   १३१.३० १६ स्टयाण्डर्ड चार्टर्ड बैंक लिमिटेड  १२९. ८२  १३१. २५ १७ एभरेष्ट बैंक लिमिटेड  १३०. ८५   १३१.४५ १८ नबिल बैंक लिमिटेड  १३०. ०५   १३१.३० १९ नेपाल इन्भेष्टमेण्ट मेगा बैंक  १३०. ०५   १३१.३० २० राष्ट्रिय वाणिज्य बैंक  १३०   १३१.२५ २१ एनआईसी एशिया बैंक लिमिटेड  १३०. ०५   १३१.३०

डलरको मूल्य घट्यो, यस्तो छ आजको विभिन्न बैंकमा डलरको विनिमयदर

काठमाडौं । नेपाली बजारमा डलरको मूल्य मंगलवार घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरीददर १३० रूपैयाँ ७६ पैसा छ भने विक्रीदर १३१ रूपैयाँ ३६ पैसा छ । अघिल्लो दिन १ अमेरिकी डलरको खरीददर १३० रूपैयाँ ८५ पैसा र विक्रीदर १३१ रूपैयाँ ४५ पैसा थियो ।   आज युरो र पाउण्ड स्टर्लिङको भाउ पनि घटेको छ । प्रतियुरो खरीददर १३९ रूपैयाँ शून्य ८ पैसा र विक्रीदर १३९ रूपैयाँ ७१ पैसा कायम भएको छ । अघिल्लो दिन युरोको खरीददर १३९ रूपैयाँ १५ पैसा र विक्रीदर १३९ रूपैयाँ ७८ पैसा थियो । त्यसैगरी आज १ पाउण्ड स्टर्लिङको खरीददर १५७ रूपैयाँ २५ पैसा र विक्रीदर १५७ रूपैयाँ ९७ पैसा कायम भएको छ । अघिल्लो दिन १ पाउण्ड स्टर्लिङको खरीददर १५७ रूपैयाँ ५६ पैसा र विक्रीदर १५८ रूपैयाँ २९ पैसा थियो । यस्तो छ विभिन्न बैकंको डलरको विनिमय दर क्र. सं. बैंक नगद खरीददर  विक्रीदर १ कुमारी बैंक लिमिटेड  १३०. ८०   १३१.४० २ सनराइज बैंक लिमिटेड  १३०. १०   १३१.४० ३ लक्ष्मी बैंक लिमिटेड  १३०. १०   १३१.२५ ४   सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड    १३०. १०   १३१.४० ५ प्रभु बैंक लिमिटेड  १३०. २०   १३१.४५ ६ प्राइम कमर्सियल बैंक लिमिटेड  १३०. १५   १३१.४० ७ एनएमबि बैंक  १३०. १५   १३१.४० ८ माछापुच्छ्रे बैंक लिमिटेड  १३०. १०   १३१.४० ९ ग्लोबल आइएमई बैंक  १३०. १०   १३१.४० १० सानिमा बैंक लिमिटेड  १३०. ८०   १३१.४० ११ नेपाल बैंक लिमिटेड  १३०. १०   १३१.४० १२ सिद्धार्थ बैंक लिमिटेड  १३०. १०   १३१.२५ १३ हिमालयन बैंक लिमिटेड  १३०. १०   १३१.४० १४ कृषि विकास बैंक लिमिटेड  १३०. १०   १३१.४० १५ नेपाल एसबिआई बैंक लिमिटेड  १३०. १०   १३१.४० १६ स्टयाण्डर्ड चार्टर्ड बैंक लिमिटेड  १२९. ९७  १३१. ३५ १७ एभरेष्ट बैंक लिमिटेड  १३०. ८५   १३१.४५ १८ नबिल बैंक लिमिटेड  १३०. १०   १३१.४० १९ नेपाल इन्भेष्टमेण्ट मेगा बैंक  १३०. १०   १३१.४० २० राष्ट्रिय वाणिज्य बैंक  १३०. २०   १३१.४५ २१ एनआईसी एशिया बैंक लिमिटेड  १३०. १०   १३१.४०

डलरको मूल्य घट्यो, कुन बैंकमा कति छ डलरको विनिमयदर ?

काठमाडौं । बुधवार (आज) डलरको मूल्य घटेको छ । नेपाल राष्ट्र बैंकले बुधवारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार आज डलरको भाउ घटेको हो ।  आज १ अमेरिकी डलरको खरीददर १३२ रुपैयाँ ०३ पैसा र विक्रीदर १३२ रुपैयाँ ६३ पैसा छ । मंगलवार १ अमेरिकी डलरको खरीददर १३२ रुपैयाँ ०७ पैसा र विक्रीदर १३२ रुपैयाँ ६७ पैसा थियो ।  आज युरोको र पाउण्ड स्टर्लिङको भाउ पनि घटेको छ । आज प्रतियुरोको खरीददर १४१ रुपैयाँ  ४६ पैसा र विक्रीदर १४२ रुपैयाँ ११ पैसा छ । अघिल्लो दिन प्रतियुरोको खरीददर १४२ रुपैयाँ  १५ पैसा र विक्रीदर १४२ रुपैयाँ ७९ पैसा थियो । यस्तै आज १ पाउण्ड स्टर्लिङको खरीददर १५८ रुपैयाँ ३६ पैसा र विक्रीदर १५९ रुपैयाँ ०८ पैसा छ । अघिल्लो दिन प्रतिपाउण्ड स्टर्लिङको खरीददर १५८ रुपैयाँ ८७ पैसा र विक्रीदर १५९ रुपैयाँ ०८ पैसा थियो ।  कुन बैंकमा डलरको विनिमयदर कति ?  क्र. सं. बैंक खरीददर विक्रीदर १ कुमारी बैंक लिमिटेड १३२  १३२. ६० २ सनराइज बैंक लिमिटेड  १३१. ४४  १३२. ७० ३ लक्ष्मी बैंक लिमिटेड  १३१. ३४   १३२. ६० ४   सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड   १३१. २९  १३२. ५५ ५ प्रभु बैंक लिमिटेड  १३१. ३४   १३२. ६० ६ प्राइम कमर्सियल बैंक लिमिटेड  १३१. ४४  १३२. ७० ७ सिभिल बैंक लिमिटेड १३१. २९  १३२. ५५ ८ एनएमबि बैंक  १३१. ३४   १३२. ६० ९ माछापुच्छ्रे बैंक लिमिटेड  १३१. ४४  १३२. ७० १० ग्लोबल आइएमई बैंक  १३१. ४४  १३२. ७० ११ सानिमा बैंक लिमिटेड  १३१. ३४   १३२. ६० १२ नेपाल बैंक लिमिटेड १३१. २९  १३२. ५५ १३ सिद्धार्थ बैंक लिमिटेड १३१. ३९   १३२. ६५ १४ हिमालयन बैंक लिमिटेड  १३०. १०  १३०. ७० १५ कृषि विकास बैंक लिमिटेड  १३१. ३४   १३२. ६० १६ नेपाल एसबिआई बैंक लिमिटेड १३१. ३९   १३२. ६५ १७ स्टयाण्डर्ड चार्टर्ड बैंक लिमिटेड  १३१. ११  १३२. ५० १८ एभरेष्ट बैंक लिमिटेड १३२. १०  १३२. ७०  १९ नबिल बैंक लिमिटेड  १३१. ३४   १३२. ६० २० नेपाल इन्भेष्टमेण्ट मेगा बैंक १३१. २९  १३२. ५५ २१ राष्ट्रिय वाणिज्य बैंक  १३१. ३४   १३२. ६० २२ एनआईसी एशिया बैंक लिमिटेड १३१. २९  १३२. ५५

समायोजनपछि पनि घट्यो माछापुच्छ्रे र सानिमा बैंकको शेयरमूल्य

कात्तिक ७, काठमाडौं ।साताको पहिलो कारोबार दिन आइतवार समायोजनपछि पनि माछापुच्छ्रे बैंक र सानिमा बैंकको शेयरमूल्य घटेको छ ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आइतवार दुबै कम्पनीको प्रस्तावित बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको थियो । नेप्सेले माछापुच्छ्रे बैंकको गत बिहीवार कायम अन्तिम शेयरमूल्य रू. ३६४ दशमलव ९० को आधारमा १३ दशमलव ३० प्रतिशत बोनस शेयरपछिको मूल्य रू. ३२२ दशमलव शून्य ७ तोकेको हो । त्यस्तै सानिमा बैंकको गत बिहीवार कायम अन्तिम शेयरमूल्य रू. ४८८ दशमलव ८० को आधारमा नेप्सेले बैंकको प्रस्तावित १७ प्रतिशत बोनस पछिको मूल्य रू. ४१७ दशमलव ७८ तोकेको छ । समायोजनपछि प्रतिकित्ता रू. ४१८ मा खुला भएको सानिमा बैंकको शेयरमूल्य प्रतिकित्ता रू. १५ दशमलव ७८ ले घटेर अन्तिम मूल्य रू. ४०२ कायम भएको हो । माछापुच्छ्रे बैंकको शेयरमूल्य भने प्रतिकित्ता रू. ३ दशमलव शून्य ७ ले घटेर अन्तिम मूल्य रू. ३१९ कायम भएको छ । प्रतिकित्ता रू. ३१५ दशमलव ७० देखि खुला भएको उक्त कम्पनीको शेयरमूल्य न्यूनतम रू. ३०४ देखि अधिकतम रू. ३२० सम्म पुगेको थियो । यी दुबै कम्पनीले प्रस्तावित लाभांश र आगामी साधारण सभा प्रयोजनका लागि कात्तिक ७ गते आइतवार बुक क्लोज गरेकाले नेप्सेले बुक क्लोज पछिको मूल्य तोकेको हो । बुक क्लोजको आधारमा दुबै कम्पनीको कात्तिक ४ गतेसम्म शेयर कायम गरेका लगानीकर्ताहरुले मात्र लाभांश प्राप्त गर्न र साधारण सभामा भाग लिन सक्नेछन् । सानिमा बैंकले कात्तिक १४ गते १७औं वार्षिक साधारण सभा गर्ने तयारी गरेको छ । यस वर्ष सानिमा बैंकले १७ प्रतिशत बोनस शेयरसँगै कर प्रयोजनका लागि शून्य दशमलव ८९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव समेत गरेको छ । माछापुच्छ्रे बैंकले कात्तिक २६ गतेका लागि तय गरेको २३ औं वार्षिक साधारण सभा मार्फत १३ दशमलव ३० प्रतिशत बोनस शेयरसँगै कर प्रयोजनका लागि शून्य दशमलव ७० प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गर्नेछ ।

२.१३ % ले घट्यो नेप्से परिसूचक, करीब १२ अर्बको शेयर कारोबार

असार ६, काठमाडौं । गत साताको तेस्रो कारोबार दिनदेखि घट्न थालेको बजारले यो साताको पहिलो कारोबार दिन आइतवार पनि निरन्तरता पाएको छ ।  आइतवार नेप्से परिसूचक अघिल्लो कारोबार दिन बिहीवारको तुलनामा २ दशमलव १३ प्रतिशतले घटेको छ । यो दिन ६३ दशमलव २८ अंकले घटेर नेप्से परिसूचक २ हजार ९०५ दशमलव १४ विन्दुमा झरेको हो । बिहीवार २ हजार ९६८ दशमलव ४३ विन्दुमा बन्द भएको नेप्से परिसूचक आइतवार २ हजार ९७५ दशमलव २५ विन्दुदेखि खुला भएको थियो । २ हजार ९७८ दशमलव २४ विन्दुसम्म पुगेको बजार २ हजार ८८१ दशमलव ५४ विन्दुसम्म झरेको थियो । नियामक निकाय नेपाल धितोपत्र बोर्डले गत मंगलवार सार्वजनिक गरेको ५१ कम्पनीहरुको जोखिमयुक्त धारणा उल्लेख विज्ञप्तीपछि प्रभावित बनेको बजारले आइतवार पनि निरन्तरता पाएको हो । नियामकबाट लगानीकर्ताहरुलाई तर्साउने काम भएको भन्दै ती कम्पनीहरुप्रतिको धारणा सच्याउन माग गर्दै सर्वोच्च अदालतमा रिट पनि परेको छ । उक्त रिट माथिको सुनुवाई भने यो समाचार तयार पार्दासम्म भएको छैन ।  नियामक निकायले सुरक्षित लगानीका लागि सार्वजनिक गरेको अवधारणापत्रको शैली गलत भएको भन्ने कुरालाई नसच्याउँदा निरन्तर गुमाउनु परेको लगानीकर्ताहरुले बताएका छन् । यतिवेला नियामक निकाय नियामक नभएर भ्रामक भएको आरोप लगानीकर्ताहरुले लगाइरहेका छन् । बोर्डको अवधारणापत्र सार्वजनिक हुनुभन्दा अघिल्लो दिनसम्म ऐतिहासिक विन्दुमा पुगेको नेप्से परिसूचकमा कमि आउनुपर्ने अन्य कारण नभएकाले बजार सुधारको लागि नियामकलेनै कदम चाल्नुपर्ने माग लगानीकर्ताहरुको छ ।   आइतवार नेप्से परिसूचकसँगै ठूला कम्पनीहरुको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ३३ प्रतिशत घटेर ५२८ दशमलव ५१ विन्दुमा झरेको छ ।  बिहीवारको तुलनामा आइतवार कारोबार रकम भने बढेको छ । घटेको बजारबाट कम मूल्यमा शेयर उठाउने लगानीकर्ताहरु भने यी चार कारोबार दिन सक्रिय देखिएका छन् । बिहीवार रू. १० अर्ब ९० करोडभन्दा बढीको शेयर कारोबार भएकोमा आइतवार यो रकम बढेर रू. ११ अर्ब ८१ करोड ९४ लाख २८ हजार बराबरको शेयर कारोबार भएको हो । यस दिन २३१ ओटा कम्पनीको १ लाख २८ हजार २८१ पटकको व्यापारमा उक्त रकम बराबरको २ करोड ७३ लाख ४४ हजार ५११ कित्ता शेयर कारोबार भएको छ । कुल कारोबारमा सर्वाधिक रकमको हिस्सा भने यस दिन पनि नेपाल पुनर्बीमा कम्पनीलेनै ओगटेको छ । गत मंगलवारदेखिनै सर्वाधिक कारोबार रकमको हिस्सा उक्त कम्पनीले नै ओगटेको छ । उक्त कम्पनीको आइतवार रू. ८० करोड ९९ लाख ९९ हजार बराबरको ४ लाख २५ हजार ३८१ कित्ता शेयर कारोबार भएको छ । कम्पनीको शेयरमूल्य भने यो दिन २ दशमलव शून्य ४ प्रतिशत अर्थात प्रतिकित्ता रू. ३९ ले घटेर अन्तिम मूल्य रू. १ हजार ८७७ कायम भएको छ । यस दिन कारोबारमा आएका २३१ कम्पनीहरुमध्य पाँच कम्पनीको शेयरमूल्य र ९ कम्पनीको ऋणपत्रको मूल्य बढेको छ । गोर्खाज फाइनान्सको सर्वाधिक ५ दशमलव ४१ प्रतिशत, नेशनल हाइड्रोपावरको ३ दशमलव ३६ प्रतिशत, रुरु जलविद्युत् परियोजनाको ३ दशमलव १६ प्रतिशत, तारागाउँ रिजेन्सी होटलको २ प्रतिशत र नारायणी डेभलपमेण्ट बैंकको शेयरमूल्य शून्य दशमलव १५ प्रतिशतले बढेको हो । त्यस्तै यो दिन १० दशमलव २५ प्रतिशत ब्याजदरको एनआईसी एशिया डिबेञ्चर २०८३/ ८४ को २ प्रतिशत, १० दशमलव ५ प्रतिशत नेपाल इन्भेष्टमेण्ट डिबेञ्चर २०८२ को १ दशमलव ९८ प्रतिशत, १० दशमलव २५ प्रतिशत ब्याजदरको माछापुच्छ्रे बैंक डिबेञ्चर २०८५ को १ दशमलव ९८ प्रतिशत, १० दशमलव २५ प्रतिशत केबिएल डिबेञ्चर २०८६ को १ दशमलव ९८ प्रतिशत, १० दशमलव ५० प्रतिशत ब्याजदरको एसबिएल डिबेञ्चर २०८२ को १ दशमलव ९४ प्रतिशतले वृद्धि भएको छ । १० दशमलव ३५ प्रतिशत कृषि विकास बैंक डिबेञ्चर २०८३ को १ दशमलव ६३ प्रतिशत, १० दशमलव २५ प्रतिशत ग्लोबल आइएमई बैंक डिबेञ्चर २०८०÷८१ को १ दशमलव ३३ प्रतिशत, १० प्रतिशत ब्याजदरको लक्ष्मी बैंक डिबेञ्चर २०८६ को शून्य दशमलव २९ प्रतिशत, ८ दशमलव ५ प्रतिशत ब्याजदरको एसबिएल डिबेञ्चर २०८४ को शून्य दशमलव १५ प्रतिशत मूल्य वृद्धि भएको हो ।  आइतवार २१२ ओटा कम्पनीको शेयरमूल्य घटेको छ भने १९ ओटा कम्पनीको स्थिर रहेको छ । यस दिन युनियन हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९ दशमलव ८१ प्रतिशतले घटेको छ । प्रतिकित्ता रू. ४२ ले घटेर युनियन हाइड्रोपावरको शेयरमूल्य रू. ३८६ मा झरेको हो ।  त्यस्तै यो दिन श्री इन्भेष्टमेण्ट फाइनान्स, बरुण हाइड्रोपावर र नेपाल हाइड्रो डेभलोपर्सको शेयरमूल्य पनि ८ प्रतिशतभन्दा बढीले घटेको छ । यस दिन कारोबारमा आएका सबै समूहको परिसूचक घटेको छ । बैंकिङ्गको १ दशमलव ८ प्रतिशत, व्यापारिकको २ दशमलव ५१ प्रतिशत, होटल्स तथा पर्यटनको २ दशमलव ३५ प्रतिशत, विकास बैंकको ३ दशमलव ५ प्रतिशत, जलविदुतको ३ दशमलव ३८ प्रतिशत, वित्तको ३ दशमलव ३३ प्रतिशतले परिसूचक घटेको छ । त्यसैगरी निर्जीवन बीमाको १ दशमलव ८५ प्रतिशत, उत्पादन तथा प्रशोधनको २ दशमलव ४ प्रतिशत, अन्यको २ दशमलव २ प्रतिशत, लघुवित्तको २ दशमलव १८ प्रतिशत, जीवन बीमाको १ दशमलव ७ प्रतिशत, म्युचुअल फण्डको १ दशमलव २६ प्रतिशत र लगानी समूहको २ दशमलव शून्य ७ प्रतिशतले परिसूचक घटेको छ ।