मोरङको कटहरी गाउँपालिकाले खोलाको ठेक्का लगाउँदा करोड बढी हिनामिना भएको आरोप लागेको छ । गाउँपालिकाको २ नम्बर वडाध्यक्ष किशोरकुमार पाण्डेले विराटनगरमा आज पत्रकार सम्मेलन गरी गाउँपालिकाले खोला ठेक्का लगाउँदा गाउँपालिकाले करोड बढी नोक्सानी व्यहोर्नुपरेको दाबी गरे ।उनका अनुसार कटहरीमा पर्ने लोहन्द्रा खोलाबाट नदीजन्य वस्तु उत्खनन् र निकासीको ठेक्का लगाउँदा ठेकेदारसँग मिलेमतो भएको हो । गाउँपालिकाले भदौ महिनामा १ करोड ७३ लाख रुपैयाँमा लागेको खोला ठेक्का रद्ध गरेर फागुन १ गते जम्मा ७४ लाखमा फेरि ठेक्का ल