सोलुखुम्बु - सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका वडा नम्बर १ मा सञ्चालित खरिखोला खानेपानी निर्माण उपभोक्ता समितिले रकमको दुरुपयोग गरेको आरोप लागेको छ ।
गाउँपालिकाको ७० लाख रुपैयाँको लागतमा २०७६ सालदेखि सुरु भएको आयोजनामा काम सुरु नै नगरि रकम हिनामिना गरेको उपभोक्ता समितिका सदस्यहरुले आरोप लगाएका हुन् । योजना सञ्चालनका लागि वडाका जनप्रतिनिधिको उपस्थितिमा २०७६ सालमा स्थानीय लाक्पा सोनाम शेर्पाको अध्यक्षतामा उपभोक्ता समिति गठन गरिएको थियो ।
त्यही बमोजिम २०७६ साल असोज ८ गते आयोजनाको का...