संघीय संसद अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले गत वर्ष (२०७७ सालमा) तीन महिनाका लागि एउटा उपसमिति गठन गर्यो । समितिले नेपालमा सञ्चालनमा रहेका उत्पादनमूलक उद्योगहरूको वास्तविक अवस्था र समस्याबारे अध्ययन गर्ने लक्ष्यसहित पाँच सदस्यीय उपसमिति गठन गरेको थियो ।गठन भएलगत्तै उत्पादनमूलक उद्योगहरूको अवस्था बारेमा अध्ययन गर्न उपसमिति लागिपरेको थियो । उपसमिति गत वर्ष चैत अन्तिम सातातिर देशका विभिन्न स्थानमा सञ्चालित केही उद्योगको छड्के अनुगमनमा पनि निस्कियो । अनुगमनका क्रममा सिम