काठमाडौं :नेपाली कांग्रेसको १४औँ महाधिवेशनको महामन्त्री पदको मतगणना पार्टी कार्यालयमा जारी छ। समाजिक संजालमा मनमौजी तथ्यांक आउन थालेपछि जथाभावी मत परिणामको विश्वास नगर्न निर्वाचन समितिले अपिल गरेको हाे। हालसम्म १०२० मत गणना भएको भन्दै बाहिर आए जस्तो मत परिणाम नभएको समितिले जनाएको छ। समितिका सचिव केशव रिजालले जथाभावी आएका मत परिणामको विश्वास नगर्न अनुरोध गरेका छन्। उनले भने, ‘हामीले बेला बेलामा माइकिङ गरेर यथेष्ट परिणाम दिइरहेका छौं। त्यसैले सामाजिक संजालमा आएका कपोकल्पि