काठमाडौँ – तथ्यांकमा नआएको कोभिड–१९ विरुद्धको खोपबारे छानबिनका लागि सरकारले गठन गरेको समितिले प्रतिवेदन बुझाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीको संयोजकत्वमा रहेको छानबिन समितिले सोमबार स्वास्थ्यमन्त्री विरोध खतिवडालाई प्रतिवेदन बुझाएको हो। प्रतिवेदनमा स्थानीय तहले खोप लगाएको तथ्यांक अध्यावधिक गर्न छुटाएको, खोप लिएर पनि स्वघोषणा गर्नुपर्ने व्यक्तिहरूले विवरण नटिपाएको, खोप भन्डारणमा […]