सिमकोट – हुम्ला जिल्ला अस्पतालका स्वास्थ्यकर्मी र कार्यालय सहयोगीले सात महिनादेखि पारिश्रमिक पाउन सकेका छैनन्। कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले करार सेवा दरबन्दीअनुसार बजेट निकासा नगर्दा उनीहरु सात महिनादेखि पारिश्रमिकबाट बञ्चित हुँदै आएका हुन्। अस्पतालमा दैनिक काममा खटिँदै आएकी स्वास्थ्यकर्मी कुसुम रावतले गएको साउनदेखि पारिश्रमिक नपाएको बताइन्। साउनबाट करार सेवाको नियुक्ति पनि नआएको र काम […]