हुम्ला जिल्लाको सदरमुकाम सिमकोटमा दैनिक उपभोग्य सामग्रीको अभाव भएको छ । करिब एक महिनादेखि हुम्लाको सदरमुकाम सिमकोटमा नियमित रूपमा हवाई उडान नभएपछि दैनिक दिन प्रयोग गरिने सामग्रीको अभाव भएको हो ।जिल्ला बाहिरबाट नियमित रूपमा हवाई जहाज उडान नहुँदा यो वर्ष हुम्ला जिल्लाको सदरमुकाम सिमकोट बजारका व्यवसायी र उपभोक्ताले विभिन्न उपभोग्य बस्तुको संकट खेप्नु परेको छ । दैनिक जसो उपभोग गर्ने उपभोग्य वस्तुमा तेल, चिनी, चिउरालगायतका सामग्रीको अभाव हुँदै गएको छ । गाउँबाट समान किन्न आएका उपभोक्ता बजारमा तेल, चिन