हुम्ला : हुम्ला जिल्लाको सदरमुकामस्थित सिमकोट गाउँपालिका बासिन्दालाई निःशुल्क उपलब्ध गराउन ल्याइएका सुधारिएको चुह्लो ९ महिनादेखि अलपत्र रहेका छन्। छिमेकी खार्पुनाथ गाउँपालिकाको नल्ला पुलनजिकै ३ सय ५७ थान सुधारिएको चुह्लोमध्ये १ सय १७ थान ९ महिनादेखि बेवारिसे राखिएको हो। गत वैशाखमा सल्लिसल्लाबाट खच्चरमा ढुवानी गरी उक्त पुलनजिकै ल्याएर अहिलेसम्म बेवारिसे छोडिएको सोही गाउँपालिकाकी सदस्य जसमती शाहीले जानकारी दिइन्।२ सय ४० थान चुह्लो ट्याक्टरबाट सदरमुकाम सिमकोटमा लगिएकामा १ सय १७ थान च