प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा बल्ल बिजुली बत्ती

जीतपुर सिमरा–१६, टाँगियाबस्तीमा ३५ वर्ष अघि जन्मेकी जुनु श्रेष्ठ शनिबार साँझ पहिलोपटक बिजुली बत्ती बाल्न पाउँदा निकै खुसी देखिइन् । ‘पहिला टुकी बाल्थ्यौँ, ४/५ वर्ष भयो सोलार बालेको । अहिले बिजुली बत्ती बाल्न पाउँदा हाम्रो खुसीको सीमा छैन,’ उनले भनिन् ।प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको टाँगिया बस्तीमा ३० वर्षदेखि बस्दै आएकी डम्मरकुमारी राना पनि शनिबार साँझ पहिलोपटक बिजुली बाल्न पाउँदा खुसी छिन् । धेरै वर्ष टुकी बत्ती र पछिल्लो समय सोलर बत्तीको भरमा दैनिकी गुजारेकी रा

सम्बन्धित सामग्री

टाँगियाबस्तीमा ४० वर्षपछि बल्यो बत्ती

अन्तर्राष्ट्रिय विमानस्थल निर्माण क्षेत्र बाराको टाँगियाबस्तीमा आजबाट बिजुली बत्ती बलेको छ । ४० वर्षदेखि