कैलाशका ३५० घुरधुरीमा बिजुली पुगेपछि स्थानीय खुसी

बझाङ : नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रशारण लाइन पुगेपछि जयपृथ्वी नगरपालिका–१ कैलाशका ३५० घुरधुरीमा बिजुली बत्ती बल्न थालेको छ। दुर्गम गाँउमा बिजुली पुगेपछि स्थानीय खुसी भएका छन्। नगरपालिका भए पनि यस ठाउँका बासिन्दा वर्षौदेखि झरो र सोलार बालेर दैनिकी चलाउँदै आएका थिए। रविन्द्र विकले गाउँघरमा बिजुली पुग्दा नयाँ युगमा प्रवेश गरेको अनुभूति भएको बताए। ‘गाउँमा बत्ती नभएकाले मोबाइल चार्जसम्म हुँदैन थियो,’ उनले भने, ‘अब त्यो समस्या हट्यो। अहिले घर घरमा बिजुली बत्ती

सम्बन्धित सामग्री

बिजुली पुगेपछि स्थानीय खुसी

जीवनको उत्तराद्र्धमा गाउँमा बिजुली पुगेपछि नवलपरासीपूर्वको पहाडी भेग बुलिङटार गाउँपालिका–२, डाडाँझेरी मथारका ज्येष्ठ नागरिक दलसिंह ठाडामगर खुसीले दङ्ग पर्नुभएको छ । राष्ट्रिय विद्युत् प्रसारण लाइनले गाउँमा बिजुली पु¥याएपछि उहाँ मात्रै होइन गाउँका बुढाबुढी, तन्नेरीदेखि बालबालिका यतिबेला सबै खुसी साट्दै छन् । बुलिङटार गाउँपालिका–२ का पूर्ववडाध्यक्ष एवं स्थानीय प्रेमबहादुर थापामगर बत्ती पुगेपछि धेरै राहत भएको बताउनुहुन्छ ।

गाउँमा बिजुली पुगेपछि स्थानीय खुसी

गाउँमा बिजुली पुगेपछि नवलपरासी पूर्वको पहाडी भेग बुलिङटार गाउँपालिका-२ डाडाँझेरी मथारका दलसिहँ ठाडा मगर खुसीले दङ्ग हुनुहुन्छ ।