बझाङ : मष्टा गाउँपालिका-१ मा १५ वर्षदेखि बलेन बिजुली, तार र पोल कपडा सुकाउन प्रयोग

बझाङ - बिजुली बत्ती बाल्ने मष्टा गाउँपालिका वडा नम्बर १ रनाडाका स्थानीय बासिन्दाको आशा निराशामा परिणत हुँदै जान थालेको छ । २०६५ सालमा चार महिना मात्रै बिजुली बत्ती बाल्न पाएका यहाँका स्थानीय बासिन्दाले अहिलेसम्म बिजुली बत्ती बाल्न पाएका छैनन् । गाउँमा विद्युतका पोलहरु र तारहरु अहिले पनि छन् । ती तार र पोल स्थानीय बासिन्दाले कपडा सुकाउन प्रयोग गरेको १५ वर्ष बित्न लागि सकेको छ । सरोकारवाला निकायले विद्युत् बाल्न तथा जडान गर्न पहल नगरेपछि यहाँका नागरिकहरुको बिजुली बत्ती बाल्ने आशा निराशामा परिणत हुन थालेको हो ।&nbs...