बाली जोगाउन किसानको नयाँ जुक्ति : रातभर खेतबारीमा झिलिमिली बत्ती

बँदेल, नीलगाई र बाँदरलगायतका वन्यजन्तुले अन्न तथा तरकारी बाली खाएर सखाप पार्न थालेपछि धनुषाका किसानले नयाँ जुक्ति अपनाएका छन् । यहाँका किसानले खेतबारीमा झिलिमिली बिजुली बत्ती बालेर वन्यजन्तुको उपद्रोबाट बालीनाली जोगाउन नयाँ उपाय लगाएका हुन् । दीपावलीमा घर झिलिमिली बनाउन प्रयोग गरिएका बिजुली बत्ती अहिले यहाँका किसानले जङ्गली जनावर धपाउन उपयोगमा ल्याएका हुन् । झिलिमिली बत्ती देखेर बँदेल, नीलगाई र बाँदरलगायतका वन्यजन्तु खेतबारीमा नआउने र उत्पादन गरेको अन्न तथा तरकारी बाली जोगिने किसानले बताएका छन् । दिउँसो रेखद...