जीपको ठक्करबाट दुई बालिका घाइते

बझाङ : जीपको ठक्करबाट बझाङमा दुई बालिका घाइते भएका छन्। चैनपुर-गोलाई हुँदै तमैल जोड्ने सडकखण्ड अन्तर्गत  जयपृथ्वी नगरपालिका-४ भीडमुनी वृद्धाश्रम नजिकै जीपले ठक्कर दिँदा जयपृथ्वी नगरपालिका-३ सिमोल्तोलाकी दुई बालिका घाइते भएका हुन्।घाइते हुनेमा जयपृथ्वी नगरपालिका-३ सिमोल्तोलाकी ९ वर्षीया आयुष्मा विष्ट र १६ वर्षीया भावना विष्ट रहेका छन्। आयुष्मा विष्टको टाउको, ढाड र छातीमा चोट लागेको छ भने भावना विष्टको टाउको, ढाड र मुखमा गम्भीर चोट लागेको जिल्ला अस्पताल बझाङले जनाएको छ। घाइते दुबैको थप उपचारक