सधैं राजनीतिक प्रदर्शन हुने माइतीघर मण्डलामा शुक्रबार बेग्लै खाले धर्ना थियो ।
बाँकेको नेवाजी गाउँकी नन्कुन्नी धोबी आफ्नै घरमा मृत फेला परेको घटनामा चित्तबुझ्दो अनुसन्धान नभएको र नजिकैको परस्पुर गाउँकी एकल महिला निर्मला कुर्मी हराएको विषयमा न्याय खोज्न नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौं आएका ११ महिला सहितको १४ जनाको टोलीको यो धर्ना अघिपछिको भन्दा बेग्दै थियो ।
यी दुई घटनाको सही छानाविन नभएको गुनासो सिंहदरबारलाई सुनाउन उनीहरू केन्द्र सरकारको दैलो ताकेर नेपालगन्जबाट हिँडेर बुधबार साँझ काठमाडौं आइपुग्नु भएको हो ।