काठमाडौं : नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले पार्टीभित्र मन्त्री फेर्न आवाज उठिरहेको बताएका छन्। बुधवार नयाँ बानेश्वरस्थित संसद् भवनमा पुनले माओवादी केन्द्रमा पनि सरकारमा सहभागी बनेका मन्त्रीहरुलाई फेर्नुपर्ने आवाज उठेको बताएका हुन्।
नेकपा (एकीकृत समाजवादी)ले मन्त्रीहरु फेर्ने निर्णय गरेसँगै माओवादी, जनता समाजवादी पार्टीमा पनि मन्त्री फेर्नुपर्ने आवाज उठिरहेको छ।…