युवाको संकेतरूपी आवाज काठमाडौं र धरानमा देखियो : सभामुख

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले युवाहरुको आवाजलाई अहिले सिंगो राष्ट्रले बुलन्द गरिरहेको बताएका छन्।सोमबार काठमाडौंमा आयोजित राष्ट्रमा जीपीएस समृद्ध अभियानको शुभारम्भ गर्दै सभामुख सापकोटाले यस्तो बताएका हुन्। उनले अहिले राष्ट्रमा काठमाडौं र धरान लगायतका स्थानमा युवाहरुको आवाजरुपी संकेतको रुप देखापरेको बताए।सभामुख सापकोटाले युवाहरुको आवाज बुलन्द गर्ने छिटपुट संकेत देखा परे पनि साइरनरुपी यी संकेतको भाषा बुझ्न आवश्यक रहेको बताए।उनले पर्याप्त फलफूल, तरकारी, खाद्यान्न उत्पादन गर्ने नेपालजस्तो