नयाँ बर्षको अवशरमा एनसेलको डेटा स्किम: ५० प्रतिशत छुटमा मासिक डेटा प्याक सुचारु हुने

काठमाडौं। एनसेलले सन् २०२० को उपलक्ष्यमा डेटा प्याकमा स्किम ल्याएको छ। एनसेलका ग्राहकले ५० प्रतिशत छुटमा मासिक डेटा प्याकहरु

सम्बन्धित सामग्री

धरान स्मार्ट बसपार्कको निर्माण तीव्र

धरान (अस) । राजनीतिक खिचातानी र विवादको कारण स्मार्ट बसपार्क निर्माणमा देखिएको अन्योल हटेर काम सुचारु भएपछि धरान उपमहानगरपालिका–८ सुन्दरबस्ती आयोजना स्थलका जग्गाधनी उत्साहित भएका छन् । बसपार्क निर्माणका लागि निःशुल्क जग्गा दिएको दुई दशकपछि कामले गति लिएपछि स्थानीयवासी उत्साहित भएका हुन् । दुई महिनाअघि बसपार्क निर्माणका लागि बजेट सुनिश्चित भएको थियो । अहिले बसपार्कको काम धमाधम भइरहेको छ । बसपार्क निर्माणका लागि सुनसरीकै बिकोइ गिताञ्जली जेभीले ठेक्का पाएको छ । कम्पनीले भ्याटबाहेक २० करोड १८ लाख ४६ हजार १३१ रुपैयाँमा ठेक्का पाएको थियो । विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनिसकेपछि बसपार्क निर्माणले गति लिएको हो । डीपीआर अनुसार स्मार्ट बसपार्क बेसमेन्ट (अन्डरग्राउन्ड पार्किङ) सहित तीन तलाको हुनेछ । डिजाइनअनुसार बेसमेन्ट २०० साना गाडी र १५० ओटा मोटरसाइकल अट्ने क्षमताको हुनेछ । यसैगरी भुइँतलामा ४९ बस र १५ ओटा साना गाडी राख्ने ठाउँ हुनेछ । उपमहानगरका अनुसार सतहबाट गन्तव्यमा छुट्ने गाडी मात्र राखिनेछ । त्यहाँ १२ ओटा विभिन्न रूटमा जाने गाडीको पार्किङ संरचना निर्माण हुनेछ । धरान उपमहानगरपालिकाका योजना महाशाखा प्रमुख सुरज श्रेष्ठका अनुसार ड्रेनसहित बसपार्कको बेसमेन्ट र मदन भण्डारी राजमार्ग जोड्ने सडकको काम पनि अघि बढेको छ । ड्रेन निर्माणका लागि धरानका निर्माण व्यवसायी जनसेवक भण्डारीले ६ करोड रुपैयाँमा ठेक्का लिएका छन् । बसपार्कको निर्माणमा संघीय सरकारको ५० प्रतिशत लगानी रहनेछ भने लागतको ५० प्रतिशत धरान उपमहानगरपालिकाले बेहोर्ने भएको छ । त्यसैगरी ड्रेन निर्माणका लागि सम्पूर्ण बजेट उपमहानगरकै रहेको छ । बसपार्क टर्निमल भवनको तेस्रो तला यात्रुको प्रयोगमा आउनेछ । सो तलामा क्याफे, पुस्तकालय र व्यापारिक कक्ष रहनेछन् । धरानको बसपार्क साँघुरो भएको भन्दै धरान उपमहानगरपालिकाले २०५८ सालमा धरान–८ सुन्दरबस्तीमा सार्ने योजना ल्याएको थियो । तत्कालीन कार्यवाहक नगरप्रमुख मञ्जु भण्डारीको पहलमा विवाद समाधान भएको थियो । भण्डारीकै पहलमा संघीय सरकारले बजेट सुनिश्चित गरिदिएपछि निर्माण प्रक्रिया अघि बढेको हो ।

हुम्लामा सबै गाउँपालिकाका विद्यालय खुले

कोरोना कहरले लामो समय बन्द रहँदै आएका हुम्ला जिल्लाका सबै गाउँपालिकाका विद्यालय सञ्चालनमा आएका छन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको निर्णयले कोरोना संक्रमण कम भएको निष्कर्ष निकाल्दै विद्यालय सुचारु गर्ने निर्णयलाई कार्यान्वयन गदै विद्यालय सुचारु भएका हुन ।  बालमन्दिर माध्यामिक विद्यालयमा प्रधानाध्यापक कैलाश रोकायाका अनुसार विद्यालय सुचारु भएको पहिलो दिनमै सत्तरी प्रतिशत विधार्थीको उपस्थितिमा पठन पाठन सुरु भएको बताउनुभयो । उहाँले शिक्षक र विद्यार्थी सबैले अनिवार्य मास्क लगाएर पठन पाठनमा सहभागिता जनाउनु पर्ने विद्यालयले बनाएको नियम अनुसार पढाई सुचारु भएको बताउनुभयो । उक्त विद्यालयमा साढे चार सय विद्यार्थीहरू अध्ययन गर्दै आएका छन् । त्यसैगरि सिमकोटकै मानसरोवर माविका प्रधानाध्यापक अमर बहादुर शाहीले पहिलो दिन ५० प्रतिशत विधार्थीको उपस्थितिमा कक्षा सञ्चालन भएको बताउनुभयो । उहाँले केही विद्यार्थीले मास्क आफै लगाएर आएको र नलगाएका विधार्थीलाई विद्यालयले व्यवस्था गरेर पढाई सुरु गरेको बताउनुभयो । सिमकोट गाउँपालिकामा सामुदायिक २३ र पाँच वटा निजी गरी २८ वटा विद्यालय रहेको र सबैमा आइतबारबाट पठन पठान सुरु भएको गाउँपालिकाले जनाएको छ । खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर रावलले १७ वटै विद्यालयमा पठन पाठन आईतवारबाट सुरु भएको बताउनुभयो । उहाँले लामो समयपछि पठन पाठन सुरु हुँदा विद्यार्थी खुसीका साथ विद्यालयमा उपस्थिति भएको बताउनुभयो ।

भारतको केरलामा कोरोना आतंकः आधा सरकारी कर्मचारीलाई मात्रै काममा बोलाउने आदेश

एजेन्सी। निरन्तर संक्रमण बढिरहेको भारतको केरला राज्यमा ५० प्रतिशत सरकारी कर्मचारीलाई मात्रै काममा बोलाउने आदेश दिइएको छ। राज्यका मुख्यमन्त्री पी. विजयनले संक्रमणलाई नियन्त्रणमा लिन आधा कर्मचारी मात्रै कार्यालय बोलाउने आदेश दिएका हुन्। सँगै माइक्रो कन्टेनमेन्ट क्षेत्र पनि सुचारु गर्ने घोषणा भएको छ। केरलामा केही दिन यता दैनिक २० हजारभन्दा धेरै र भारतभर पुष्टि हुनेमध्ये आधाभन्दा धेरै संक्रमित पुष्टि भइरहेका छन्।

५८ दिनपछि हवाई उडान स्वीकृति पाएको बुद्ध एयरको पहिलो दिनमै ३५०० बुकिङ

दोस्रो बन्दाबन्दीको ५८ दिनपछि बिहीबारदेखि आन्तरिक हवाई उडान सुचारु भएको पहिलो दिनमै बुद्ध एयरले अधिकतम ३५०० बुकिङ पाएको छ । बन्दाबन्दी अघिको कुल उडान सङ्ख्याको ५० प्रतिशत कम उडान स्वीकृति पाए पनि ग्राहकहरूको उल्लेखनीय सहभागिता पाएको बुद्ध एयरका सेल्स एन्ड मार्केटिङ निर्देशक रुपेश जोशीले जानकारी दिए । जोशीका अनुसार आज पहिलो दिन नै बुद्ध एयरले अधिकतम ३५०० बुकिङ पाएको छ । ‘यो हाम्रो लागि निकै उत्साहजनक सङ्ख्या हो । पहिलो बन्दाबन्दी पछि भएको उडानमा यत्तिको सहभागिता थिएनन्’ निर्

५० प्रतिशत यात्रु राखेर आन्तरिक उडान सुचारु गर्ने सरकारको निर्णय

काठमाडौँ : सरकारले ५० प्रतिशत यात्रु  राखेर आन्तरिक उडान सञ्‍चालन गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले आन्तरिक उडान सञ्‍चालन गर्ने निर्णय गरेको हो । उडानको व्यवस्था संस्कृति,  पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मिलाउने निर्णय मन्त्रिपरिषद्ले गरेको छ । उडान कहिलेदेखि खुलाउने भन्&z…

५० प्रतिशत यात्रु राखेर आन्तरिक उडान सुचारु गर्ने सरकारको निर्णय

काठमाडौँ : सरकारले ५० प्रतिशत यात्रु  राखेर आन्तरिक उडान सञ्‍चालन गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले आन्तरिक उडान सञ्‍चालन गर्ने निर्णय गरेको हो । उडानको व्यवस्था संस्कृति,  पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मिलाउने निर्णय मन्त्रिपरिषद्ले गरेको छ । उडान कहिलेदेखि खुलाउने भन्&z…

आन्तरिक उडान सुरु गर्ने सरकारको निर्णय

काठमाडौं, ८ असार । सरकारले आन्तरिक हवाई उडान सुचारु गर्ने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद बैठकले ५० प्रतिशत अकुपेन्सीमा आन्तरिक उडान सुचारु गर्ने निर्णय गरेको हो । तर, उडान सञ्चालनको लागि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई जिम्मेवार दिएको हो । भोलि नै मन्त्रालयले उडान कार्यतालिका सार्वजनिक गर्ने भएको छ । file photo

सडकले फेरिँदै ललितपुरको दुर्गम दक्षिणी क्षेत्र

सडक सञ्जाल गाउँगाउँ पुगेपछि ललितपुरको झन्डै ५० प्रतिशत भूभागका मानिसले सहरसँग नजिक भएको अनुभूति गर्न पाएका छन्। कान्तिलोक पथ सडकखण्ड निर्माण कार्यपछि दक्षिण ललितपुरको दुर्गम मानिने ठुलादुर्लुङ पनि विकासमा बामे सर्न थालेको छ। गाउँमा उत्पादित कृषि सामग्री सहरमा आउन थालेको छ भने सहरबाट पनि गाउँसम्म यातायात सुचारु भएको छ।

के यो बर्ष ३ वटा मात्र नयाँ फिल्म रिलिज होलान् ?

पौष २६ गतेबाट देशभरका हल ५० प्रतिशत अकुपेन्सीमा सुचारु गर्न दिने निर्णय मन्त्रीपरिषद्को बैठकले गर्यो । यसपछि, देशभरका हल संचालनमा त आएका छन् तर दर्शक हलसम्म पुगेका छैनन् । एकातिर, ५० प्रतिशत अकुपेन्सी कहिलेबाट हट्छ थाहा छैन । अर्कोतिर, कोभिडको जोखिम कायमै रहेकाले हलसम्म जान दर्शकले चासो दिएका छैनन् । यसैले पनि सुचारु भएका हलमा […]

एनसेलको नयाँ वर्ष अफर

सन् २०२० को पहिलो दिन जनवरी १, एनसेल ग्राहकका लागि विषेश दिन हुने कम्पनीले जनाएको छ । यो दिन एनसेलका ग्राहकले ५० प्रतिशत छुटमा मासिक डेटा प्याकहरु सुचारु गरी सुलभ दरमा डेटा सेवाको फाइदा लिन सक्नेछन् ।