भारतको केरलामा कोरोना आतंकः आधा सरकारी कर्मचारीलाई मात्रै काममा बोलाउने आदेश

एजेन्सी। निरन्तर संक्रमण बढिरहेको भारतको केरला राज्यमा ५० प्रतिशत सरकारी कर्मचारीलाई मात्रै काममा बोलाउने आदेश दिइएको छ। राज्यका मुख्यमन्त्री पी. विजयनले संक्रमणलाई नियन्त्रणमा लिन आधा कर्मचारी मात्रै कार्यालय बोलाउने आदेश दिएका हुन्। सँगै माइक्रो कन्टेनमेन्ट क्षेत्र पनि सुचारु गर्ने घोषणा भएको छ। केरलामा केही दिन यता दैनिक २० हजारभन्दा धेरै र भारतभर पुष्टि हुनेमध्ये आधाभन्दा धेरै संक्रमित पुष्टि भइरहेका छन्।

सम्बन्धित सामग्री

कोरोनाको रोकथाममा थप निर्देशन

काठमाडौं । अग्रपंक्तिमा रहेर ग्राहकलाई नियमित सेवा दिने व्यावसायिक क्षेत्रका कर्मचारीहरूले अब हप्ताको दुईपटक कोरोना परीक्षण गर्नुपर्ने भएको छ । सरकारले कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि ३६ बुँदे आदेश जारी गर्दै अग्रपंक्तिको काउन्टरमा रही काम गर्ने र ग्राहकलाई नियमित सेवा दिने कर्मचारीले हप्ताको दुईपटक एन्टिजेन परीक्षण गर्न भनेको हो । एन्टिजेन परीक्षणको रिपोर्ट नेगेटिभ आएका कर्मचारीलाई मात्र सम्बद्ध निकाय वा संस्थाले काममा खटाउनु पर्नेछ । कर्मचारीको एन्टिजेन परीक्षण गर्ने व्यवस्था सम्बद्ध निकाय वा संस्था आपैmले गर्नु पर्नेछ । त्यस्तै, आदेशमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको चिह्न वा लक्षण भएका व्यक्तिहरू अनिवार्य रूपमा ५ दिन क्वारेन्टाइनमा बस्नुपर्ने नियम बनाइएको छ । जुनसुकै सेवा वा क्षेत्रमा कार्यरत व्यक्तिमा कोभिड–१९ को चिह्न वा लक्षण देखिएमा अनिवार्य रूपमा ५ दिन क्वारेन्टाइनमा बस्नुपर्ने नियम सरकारले लागू गरेको हो । पाँच दिन क्वारेन्टाइनमा बसेपछि कोभिड–१९ को परीक्षण गरी रिपोर्ट नेगेटिभ आएका व्यक्ति मात्रै काममा आउन पाउने छन् । पछिल्लो मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमण रोकथाम, उपचार, नियन्त्रण र निदानका लागि संक्रामक रोग ऐन २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी आदेश जारी गरेको हो । उक्त आदेशअनुसार अब आमसभा, जुलुस, सभा, भेला वा धेरै मानिस भेला हुने क्रियाकलाप माघ मसान्तसम्म सञ्चालन गर्न नपाइने भएको छ । त्यस्तै गोष्ठी, सेमिनार, समीक्षा बैठकजस्ता क्रियाकलाप भर्चुअल माध्यमबाट गर्ने, भौतिक रूपमा नै उपस्थित भई गर्नुपर्ने भएमा जनस्वास्थ्यको मापदण्ड पालना गरी एन्टिजेन परीक्षण रिपोर्ट नेगेटिभ आएकाहरू बढीमा २५ जना सहभागी रहने गरी सञ्चालन गर्ने आदेशमा उल्लेख छ । कोरोना संक्रमण तीव्र भएपछि सरकारले भीडभाड नियन्त्रणका लागि विभिन्न उपाय अवलम्बन गरेको छ । शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ भेरियन्ट ओमिक्रोनसहित कोरोना संक्रमण बढेकाले तेस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश जारी गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए । उनका अनुसार आमसला, जुलुस र धेरै भीडभाड हुने कार्यक्रमलाई माघ मसान्तसम्म रोक लगाइएको छ । केहीमा भने स्थानीय प्रशासनबाट स्वीकृति अनिवार्य गरिएको छ । पूर्वनिर्धारित परीक्षा यथावत् राखेर विद्यालय भने माघ १५ सम्मलाई बन्द गरिसकिएको उनको भनाइ छ ।