ललितपुरमा लागुपदार्थ सेवन चेक गर्ने किटको प्रयोग गरी तीन जना पक्राउ
होलीमा ललितपुरमा लागुपदार्थ सेवनको र्यापिड टेष्टिङ गरिएको छ। आइतबार महानगरीय प्रहरी परिसर ललितपुरले विभिन्न स्थानमा लागुपदार्थ सेवनको र्यापिड टेष्टिङको किट प्रयोग गरेको हो।
जनकपुरधाम – धनुषामा ३८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। नगराइन नगरपालिका– २ बाट स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँसहित बिहीबार एक जना पक्राउ परेका हुन्। भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गर्दा लक्ष्मीनिया गाउँपालिका–१ सिनुरजोडका २३ वर्षीय अमितकुमार यादव पक्राउ परेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र सेनले बताए।