उकुसमुकुसमा बेपत्ता परिवार

६८ वर्षीया पुनिया डगौंरा बेलाबेलामा छोराको यादमा झस्किन्छिन् । मध्यरातमा बिउझेर बाबु कहाँ गयो ? भन्छिन् । २१ वर्षअघि बेपत्ता भएको छोराको सम्झानामा बेहोसी जस्तै बनेकी छिन् । यति हुँदा पनि उनले छोरा फर्किने आस भने मारेकी छैनन् ।

सम्बन्धित सामग्री

वर्षमानको दाबी : गणतन्त्रको १५ वर्षमा देशमा तीव्र विकास भयो

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले पालको आवश्यकता, नेपाली जनताको आकांक्षाअनुसार विकास हुन नसकेको बताएका छन्। प्रथम शहीद स्मृति वागमती प्रदेश रनिङ शिल्ड भलिबल प्रतियोगिता तथा शहीद बेपत्ता परिवार सम्मान कार्यक्रमलाई शनिवार काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।उनले गणतन्त्रको पछिल्लो १५ वर्षमा अझ तीव्रताका साथ विकास भएको दाबी गरे। उदाहरण प्रश्तुत गर्दै उपमहासचिव पुनले पञ्चायत कालमा साढे ७ हजार किमी बाटो बनेकोमा पछिल्लो बहुदलको संसदीय समयमा १८ हजार किलोमिटर पुगे

बेपत्ता परिवार भन्छन्- ‘परिपूरण भए माफी दिन्छौँ’

नेपालगञ्ज – २१/२२ वर्षदेखि आफन्तको सास वा लाशको माग गर्दै आन्दोलन गरिरहेका बेपत्ता परिवारले ‘परिपूरण र स्मृतीकरण’ भए ‘माफी’ दिने बताउन थालेका छन्। सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका आफन्तको खोजीमा जीवन बिताएका बेपत्ता परिवारले राज्यले परिपूरण र बेपत्ताको नाममा स्मृति, चोक या सडकको नामाकरण गरिदिए हत्या नै भए पनि माफी दिने बताएका हुन्। बर्दिया जिल्ला […]

प्रचण्डले हातमा चक्कु बोकेर त्यसलाई फूल भन्नुभयो : ओली

काठमाण्डाै – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धोका दिएको बताउनुभएको छ । काठमाण्डाैमा आज आइतवार आयोजित शहीद, घाइते तथा बेपत्ता परिवार सम्मान कार्यक्रममा ओलीले गएको पुस १० गते लोकतान्त्रिक देशभक्त सरकार बनाउने प्रयास भएको तर प्रधानमन्त्री प्रचण्ड सुरुदेखि नै गठबन्धनबाट भाग्न खोजेको बताउनुभयो । प्रचण्डसँगको सहकार्य लामो समयका लागि हुँदैन भन्ने आफूलाई पहिले नै थाहा भएको दाबी गर्दै ओलीले अहिले धोका दिएको बताउनुभयो । यसअघि प्रधानमन्त्री प्रचण्डले एमालेसँग दुई महिनाको सह...

माओवादीका मन्त्री र सांसदहरुको सचिवालयमा सहिद तथा बेपत्ता परिवारलाई प्राथमिकता

नेकपा माओवादी केन्द्रले पार्टीका मन्त्री र सांसदहरुको सचिवालयमा कर्मचारी नियुक्त गर्दा सहिद तथा वेपत्ता परिवार र घाइते अपाङ्गलाई प्राथमिकता दिन निर्देशन दिएको छ । नेकपा माओवादी केन्द्रको कार्यालय बैठकले सक्षम खालको सहिद तथा वेपत्ता परिवार र घाइते अपाङ्गहरुलाई प्राथमिकता दिने निर्णय गरेको हो ।पार्टीले सहिद तथा बेपत्ता परिवार र घाइते अपाङ्गहरुलाई प्राथमिकता नदिएको गुनासो आएपछि यो निर्णय भएको एक नेताले बताए ।

मधेसवादी दलले चुनावमा शहीद परिवार तथा घाइतेलाई कसरी गर्दैछ व्यवस्थापन ?

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि दलहरूबाट प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको नाम जिल्लाबाट छनोट भएर केन्द्रमा आइरहेको छ । कतिपय दलले केन्द्रमा उम्मेदवार छनोट गर्ने कार्य पनि सुरु गरिसकेका छन् । जिल्लाबाट प्रदेश तथा केन्द्रमा सिफारिस भएका नामहरूमा शहीद परिवार, बेपत्ता परिवार, घाइतेहरूको नाम नपरेको गुनासो हरेक पार्टीमा सुनिन थालेका छन् । जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन, थरुहट लगायत विभिन्न आन्दोलनमा सहादत दिएका थुप्रै शहीद परिवारहरू छन् । ती आन्दोलनमा थुप्रै घाइते पन

मेरो आफन्त खोइ? भन्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउन पुगे बेपत्ता परिवार

बुटवल :  सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता भएकाहरुको अवस्था सार्वजनिक गर्न माग गर्दै आफन्त र विभिन्न संघ संस्थाले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीलाई ज्ञापनपत्र बुझाएका छन् ।बेपत्ता पार्ने कार्यविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा न्यायका लागि द्वन्द्वपीडित समाज, एड्भोकेसी फोरम नेपाल, महिला मानव अधिकार रक्षकहरुको सञ्जाललगायतका संस्थाहरुले मंगलबार मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन्। उनीहरुले लामो समयसम्म न सास न लाश भएर बस्नु पर्दा बेपत्ताका परिवारलाई झनै पीडा

द्वन्द्वपीडितलाई नि:शुल्क स्वास्थ्य बिमा

यो सेवा राज्य पक्ष र बिद्रोही दुबै पक्षका पीडितले लिन पाउने छन्। नगरपालिकाका अनुसार मृतक परिवार, बेपत्ता परिवार, यौन हिंसा पीडित र घाईते अपाङ्गलाई लक्षित गर्दै कार्यक्रम ल्याईएको हो।...

शान्ति प्रक्रियाँसँगै प्राप्त उपलब्धी गुम्ने खतरा बढ्यो : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) (प्रचण्ड–माधव) पक्षका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्राप्त उपलब्ध गुम्ने खतरा बढ्दै गएकामा चिन्ता व्यक्त गरेका छन् । जनयुद्धमा शहीद, ज्यान गुमाएका, बेपत्ता परिवार तथा घाइते योद्धाहरुबारे लेखिएको पुस्तक ‘जीवनगाथा’ को आज यहाँ विमोचन गर्दै उहाँले  सङ्घीय लोकतान्त्रिक गणतन्त्र, संविधान र समावेशिता नै धरापमा पर्ने खतरा बढ्दै गएको बताए । उनले भने, “म सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पहिलो प्रधानमन्त्री हुँदा जनयुद्ध र जनआन्दोलनका सबै योद्धा...