माओवादीका मन्त्री र सांसदहरुको सचिवालयमा सहिद तथा बेपत्ता परिवारलाई प्राथमिकता

नेकपा माओवादी केन्द्रले पार्टीका मन्त्री र सांसदहरुको सचिवालयमा कर्मचारी नियुक्त गर्दा सहिद तथा वेपत्ता परिवार र घाइते अपाङ्गलाई प्राथमिकता दिन निर्देशन दिएको छ । नेकपा माओवादी केन्द्रको कार्यालय बैठकले सक्षम खालको सहिद तथा वेपत्ता परिवार र घाइते अपाङ्गहरुलाई प्राथमिकता दिने निर्णय गरेको हो ।पार्टीले सहिद तथा बेपत्ता परिवार र घाइते अपाङ्गहरुलाई प्राथमिकता नदिएको गुनासो आएपछि यो निर्णय भएको एक नेताले बताए ।

सम्बन्धित सामग्री

जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्छौं : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज जनयुद्धका सहिद तथा बेपत्ता योद्धाका परिवारसँगको अन्तक्र्रियामा उहाँले नेपालको राजनीतिक परिवर्तनमा अद्वितीय योगदान गर्ने सहिदको उच्च सम्मानसहित राष्ट्रिय सहिद घोषणा गर्ने तयारी भइरहेको उल्लेख गर्नुभयो । प्रधानमन्त्री दाहालले भन्नुभयो, “आज जनयुद्धका क्रममा पहिलो बलिदान गर्ने सहिद […]

सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनको लेटरहेड दुरुपयोग भयो : फाउन्डेसन

काठमाडौँ । सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनले आफ्नो लेटरहेड दुरुपयोग भएको एक विज्ञप्ति मार्फत जनाएको छ । फाउन्डेसनका महासचिव र अध्यक्षले संयुक्त रूपमा एक विज्ञप्ति जारी गर्दै आफ्नो लेटरहेड प्रयोग गरी प्रदेश १ सरकारको

भरतपुर महानगरद्वारा सहिद तथा बेपत्ता परिवारलाई आर्थिक सहायता जारी

चितवन- भरतपुर महानगरपालिकाले सहिद तथा बेपत्ता भएकाको परिवारलाई आर्थिक सहायता प्रदान गर्ने कामलाई निरन्तरता दिएको छ। गत आर्थिक वर्षबाट कार्यविधि बनाएर सहायता वितरण थालिएको हो। महानगरले एक सूचना जारी गरी तत्कालीन जनयुद्ध र जनआन्दोलनमा सहिद भएका वा बेपत्ता पारिएका परिवारलाई आर्थिक सहायता प्रदान गर्ने जनाएको छ। आर्थिक सहायता प्राप्त गर्नका लागि लक्षित समुदायले महानगरपालिकामा निवेदन […]

सहिद तथा बेपत्ता परिवारलाई आर्थिक सहायता

भरतपुर महानगरपालिकाले सहिद तथा बेपत्ता भएकाको परिवारलाई आर्थिक सहायता प्रदान गर्ने कामलाई निरन्तरता दिएको छ । गत आर्थिक वर्षबाट कार्यविधि बनाएर सहायता वितरण थालिएको हो । महानगरले एक सूचना जारी गरी तत्कालीन जनयुद्ध र जनआन्दोलनमा

सहिद तथा बेपत्ता परिवारलाई मासिक सहायता उपलब्ध गराउँदै भरतपुर महानगर

रत्न नगर । चितवनको भरतपुर महानगरपालिकाले जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलनमा सहिद तथा बेपत्ता परिवारलाई मासिक रूपमा आर्थिक सहायता उपलब्ध गराउन सुरु गरेको छ । सहिद तथा बेपत्ता परिवारको जीविकोपार्जनमा सहज बनाउन मासिक रूपमा दुई हजार उपलब्ध गराउन सुरु गरेको महानगर प्रमुख रेणु दाहालले बताइन् । महानगरपालिकाले आज विशेष कार्यक्रम गर्दै जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलनमा सहिद […]

सहिद तथा बेपत्ता भएकाको परिवारलाई सम्मान गर्न प्रचण्डको जोड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिद तथा बेपत्ता भएकाहरुको परिवारलाई सम्मान गर्न पार्टीका कमिटी तथा विभागहरुले नियमित कार्यक्रम गर्नुपर्नेमा जोड दिएका छन् । पार्टीको आठौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष प्रचण्डले त्यस्ता परिवारलाई सम्मान गर्न पार्टी कमिटी तथा विभागहरुले आफ्नो ठाउँबाट राज्यलाई दबाब सिर्जना गर्नुपर्ने खाँचो पनि औंल्याएका छन् ।सहिद तथा बेपत्ता भएकाहरुको परिवारसँग नियमित भेटघाट गर्नुपर्ने, उनीहरुको सम्

सहिद तथा बेपत्ता परिवारलाई मासिक दुई हजार भत्ता

काभ्रे : चौरीदेउराली गाउँपालिकाले सहिद तथा बेपत्ता व्यक्तिका परिवारलाई मासिक दुई हजार रुपैयाँ भत्ता उपलब्ध गराउने निर्णय गरेको छ। आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम र बजेट पारित गर्दै उक्त निर्णय गरिएको गाउँपालिका अध्यक्ष दिननाथ गौतमले जनाकारी दिए।संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि १० वर्षे जनयुद्ध तथा जनआन्दोलनका क्रममा सहिद भएका तथा वेपत्ता पारिएकाहरुको जीवन निर्वाह भत्ता स्वरुप सहयोग उपलब्ध गराइने गौतमले बताए।आगामी वर्षको लागि ५२ करोड ११ लाख २६ हजार रुपैयाँको बजेट ल्याएको गाउँप

कर्णालीमा सहिद र घाइतका छोराछोरीलाई स्नातकसम्म निःशुल्क शिक्षा

सुर्खेत। कर्णाली प्रदेशमा जनयुद्ध, जनआन्दोलन, प्रदेशप्राप्तिका आन्दोलनमा सहिद भएका तथा घाईतेका छोराछोरीले स्नातक तहसम्म निःशुल्क अध्ययन गर्न पाउने भएका छन्। बजेट भाषण गर्दै आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले यस्तो घोषणा गरेका हुन्। यस्तै सहिद परिवार, बेपत्ता र घाईते, अपाङगता भएका व्यक्ति तथा द्वन्द्व प्रभावितको आर्थिक विकासका लागि आयमूलक तालिम सञ्चालन हुने उनले बताए।