द्वन्द्वपीडित साझा चौतारी, बेपत्ता परिवार राष्ट्रिय सञ्जाल लगायतका संघ संस्थाले संसदमा दर्ता भएको विधेयकको स्वागत गर्दै केही परिमार्जन गर्न कानुनमन्त्री गोविन्दप्रसाद शर्मा कोइरालालाई आग्रह गरेका छन् । सोमबार कानुन मन्त्रालयमा ज्ञापनपत्र बुझाउँदै द्वन्द्व पीडितहरूको संघ–संस्थाले विधेयक छिटो अगाडि बढाउन आग्रह समेत गरेका छन् । द्वन्द्वपीडित समाजको तर्फबाट प्रतिनिधित्व गरेका भागिराम चौधरी लगायतका संघ–संस्थाका प्रतिनिधिले सोमबार मन्त्री शर्मालाई भेट गरी धन्यवादसहित ऐनमा संशोधनको सुझ