मेरो आफन्त खोइ? भन्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउन पुगे बेपत्ता परिवार

बुटवल :  सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता भएकाहरुको अवस्था सार्वजनिक गर्न माग गर्दै आफन्त र विभिन्न संघ संस्थाले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीलाई ज्ञापनपत्र बुझाएका छन् ।बेपत्ता पार्ने कार्यविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा न्यायका लागि द्वन्द्वपीडित समाज, एड्भोकेसी फोरम नेपाल, महिला मानव अधिकार रक्षकहरुको सञ्जाललगायतका संस्थाहरुले मंगलबार मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन्। उनीहरुले लामो समयसम्म न सास न लाश भएर बस्नु पर्दा बेपत्ताका परिवारलाई झनै पीडा

सम्बन्धित सामग्री

बेपत्ता परिवार भन्छन् : आफन्त गुमाएको पीडा देश चलाउनेले बुझेनन्

बढैयाताल गाउँपालिका–५ जगतिया गाउँकि मगन्ती थारुको जीवन यापन गर्न कुनै सपना थिएन । छोरी र दुईवटा छोरा जेनतेन उच्च शिक्षा हासिल गराउँने योजना बुनेकी उनको जीवन पीडामा गुज्रिरहेको छ । २०५८ साल मंसिर २७ गते बाट उनको कालरात्री शुरु भएको उनी सम्झिन्छन्। श्रीमान शिबशरण कोहलपुर आफन्त कहाँ जादा बीच बाटोमा राज्य पक्षका प्रहरीले पक्राउ गरे ।