सानिमा बैकको मोबाईल बैकिङ्ग एपमा अब रेमिट्यान्स सेवा पनि उपलब्ध

सानिमा बैक लि. ले आफ्नो ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै मोबाइल बैकिङ एप सानिमा सजिलो ई –बैकिङ्गबाट रेमिट्यान्स सेवा पनि प्रदान गर्ने भएको छ । जस अन्तर्गत सानिमा एक्सप्रेस (रेमिट्यान्स सेवा) मोबाइल बैकिङ एपमा थप गरिएको छ । यो सेवा संचालनमा आएसँगै बैंकका ग्राहकहरुले आन्तरिक रेमिट्यान्स सोझै मोबाइल बैकिङ्ग एपबाट पठाउन सकिनेछ। रेमिट्यान्स रकम पठाउँदा मोबाइल बैकिङ्ग एपमा रहेको “सेन्ड रेमिट्यान्स” मार्फत् सोझै नगद वा बैकको खातामा जम्मा गर्न मिल्ने दुबै सुबिधा मध्ये एक रोज्न सकिनेछ। यसरी बैंक खातामा ...