तिहार अर्थात् यमपञ्चकको दोस्रो दिन आज कुकुर पूजा गरिँदैछ । आजको दिन कुकुरलाई पूजा गरी मीठामीठा खानेकुरा खान दिने परम्परा छ । यसो गर्दा यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रूपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरहरुले सहज रूपमा बाटो छाडिदिने धार्मिक विश्वास छ । कुकुर मानिससँग सबैभन्दा धेरै नजिकिने घरपालुवा जनावरका रूपमा मानिन्छ […]