सीमा बन्द रहँदा गैरकानुनी रूपमा अमेरिका प्रवेश नगर्न आग्रह

अमेरिकाले छिमेकी देश मेक्सिकोसँग सिमाना बन्द गरेको छ । अवैधानिक रूपमा हजारौँ मानिस मेक्सिकोको सिमाना हुँदै

सम्बन्धित सामग्री

खानेपानी ट्याङ्की वरपर डोजर नलगाउन आग्रह

काठमाडौं, २८ भदौ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा निर्मित र निर्माणाधीन खानेपानी ट्याङ्कीको वरिपरि डोजर प्रयोग नगर्न आग्रह गरिएको छ । आयोजना कार्यान्वयन निर्देशानलयले पानी ट्याङ्कीको सीमा वरिपरिका जग्गामा डोजर प्रयोग गर्दा खानेपानी वितरणमा वाधा आउने भएको उल्लेख गर्दै उक्त कार्य नगर्न आग्रह गरेको हो । खानेपानीका ट्याङ्की, पाइपलाइन लगायतका संरचना भएका स्थानसँग सीमा जोडिएका […]

खानेपानी ट्याङ्की भएको क्षेत्रमा डोजर प्रयोग नगर्न आग्रह

काठमाडौं । आयोजना कार्यान्वयन निर्देशनालयले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा निर्मित र निर्माणाधीन खानेपानी ट्याङ्की भएको क्षेत्रमा डोजर प्रयोग नगर्न आग्रह गरेको छ । पीआईडीले  खानेपानीको ट्याङ्की राखिएको सीमा क्षेत्रका जग्गामा डोजर लगाउँदा खानेपानी ट्याङ्कीमा क्षति पुगेर खानेपानी वितरण समेत अवरुद्ध हुने भएकाले त्यस्ता कार्य नगर्न नगराउन आग्रह गरेको हो । आयोजना कार्यान्वयन निर्देशनालयले काठमाडौंको आरुबारीमा […]

आफ्ना नागरिकलाई रुस यात्रा नगर्न जापानको चेतावनी

जापानी विदेश मन्त्रालयले युक्रेनका घटनाहरूलाई लिएर देशमा लगाइएको प्रतिबन्धका बीच आफ्ना नागरिकहरूलाई रुसको यात्रा नगर्न सल्लाह दिएको छ। विदेश मन्त्रालयले रुसको लागि जोखिमको स्तर बढाएको छ (स्तर ३), जापानी नागरिकहरूलाई जुनसुकै उद्देश्यले भए पनि रुसको भ्रमण नगर्न आग्रह गरेको छ। युक्रेनसँग सीमा जोडिएका रुसी क्षेत्रहरूका लागि शीर्ष (स्तर ४) को चेतावनी दिइएको छ ।जापानी विदेश मन्त्रालयले रुसमाथि लगाइएको प्रतिबन्धलाई ‘अझै बलियो’ बनाउन सकिने बताएको छ।मन्त्रालयको तथ्याङ्कअनुसार हाल रुसमा २ हजार

रुसको भ्रमण नगर्न नागरिकहरुलाई जापानको चेतावनी

काठमाडौं- जापानी विदेश मन्त्रालयले युक्रेनमा जारी युद्धलाई लिएर देशमा लगाइएको प्रतिबन्धका बीच आफ्ना नागरिकहरूलाई रुसको यात्रा नगर्न सल्लाह दिएको छ। विदेश मन्त्रालयले रुसको लागि जोखिमको स्तर बढाएर स्तर ३ मा पुर्‍याएको छ ।  जापानी नागरिकहरूलाई जुनसुकै उद्देश्यले भए पनि रुसको भ्रमण नगर्न आग्रह गरेको विदेशमन्त्रालयले जनाएको छ। युक्रेनसँग सीमा जोडिएका रुसी क्षेत्रहरूका लागि शीर्ष स्तर ४ […]

नेपाली सीमामा खटिएका सुरक्षाकर्मीलाई मोबाइलमा निजी डाटा नराख्न आदेश

नयाँ दिल्ली : भारतीय सशस्त्र सीमा बल(एसएसबी) ले आफ्ना कर्मचारीलाई स्मार्टफोनमा व्यक्तिगत डाटा नराख्न आदेश दिएको छ। मोबाइल गलत हातमा परे खतरनाक परिणाम निम्त्याउने उसले स्पष्ट पारेको छ।नेपाल र भुटानसँगको सीमा क्षेत्रमा भारतको एसएसबीले सुरक्षा गर्दै आएको छ।भारतीय अधिकारीहरूले बिहीबार परिपत्र जारी गर्दै आफ्ना  सुरक्षाकर्मीलाई ह्वाट्सएपमा आधिकारिक आदेश साझा नगर्न र अपरेशनबारे छलफल नगर्न आग्रह गरेका छन्।'संवेदनशील स्थलमा' खटिएका एक अधिकारीले सेना र केन्द्रीय बलका केही गतिविधिको विवरण साझा

रुसको सुरक्षा प्रस्तावमा आयो पश्चिमको जवाफ : रुसी परराष्ट्र मन्त्रालय

अमेरिका र नेटोसमक्ष गत डिसेम्बर महिनामा रुसको परराष्ट्र मन्त्रालयले पठाएको दुईवटा सुरक्षा प्रस्तावमा जवाफ आएको रुसको परराष्ट्र मन्त्रालयले बुधवार जानकारी दिएको छ ।  उक्त प्रस्तावमा रुसले नेटोलाई पूर्वतर्फ थप विस्तार नगर्न आग्रह गरेको छ । अनि रुसका सीमा नजिक सेना, क्षेप्यास्त्र, जहाज र विमानको तैनाथीको सीमा तोक्न पनि भनेको छ ।  जवाफ लिखितमा प्राप्त नगरेको रुसका परराष्ट्र राज्यमन्त्री अलेक्जेन्डर ग्रुश्कोले बताए ।  ‘हामी प्रतीक्षामा छौं । उनीहरूले यस साताको अन्त्यसम्ममा लिखित जवाफ पठाउने प्रतिज्ञा गरेका छन्,&...

सरकारले भन्यो– सीमा समस्या कूटनीतिक ढंगबाट समाधान गर्न प्रतिबद्ध छौँ

काठमाडौं । सरकारले लिम्यिाधुरा, लिपुलेक र कालापानी लगायतका भूभागमा भारतलाई एक पक्षीय रूपमा सडक निर्माण नगर्न आग्रह गर्दै आएको जनाएको छ । सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सरकाले ती भूभाग नेपालको भएकाले एकपक्षीय सडक निर्माण नगर्न आग्रह गर्दै आएको र दुई देशबीचको सीमा समस्या कूटनीतिक माध्यमबाट गर्न प्रतिबद्ध रहेको बताए...

विवाह व्रतबन्धमा २५ जनाको सीमा तोक्ने निर्णय

कोरोना संक्रमितको संख्या दैनिक तिव्र गतिमा बढिरहँदा सरकारले त्यसको नियन्त्रणका लागि कडाइ गर्ने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले सम्भावित तेस्रो लहरलाई कम गर्न भीडभागजन्य गतिविधि नगर्न आग्रह गर्दै सीमा तोकेको छ । सरकारले विवाह विवाह, ब्रतबन्ध लगायतका धार्मिक कार्यक्रममा अधिकतम २५ जनाको सीमा तोक्ने निर्णय गरेको छ । यसअघि नै सरकारले विद्यालयहरु बन्द गरेको थियो । त्यस्तै बैठकले भेला, जुलुस जस्ता कार्य गर्न समेत रोक लगाएको छ । पछिल्लो २४ घण्टामा मात्र ५ हजार बढीमा संक्रमण

अस्थायी पोष्ट हटाएपछि कञ्चनपुरमा एसएसबीको अर्को अबरोध

काठमाडौं । भारतीय सीमा सुरक्षा बल एसएसबीले कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी नगरपालिका वडा न. १० को सडकघाटमा बाटो अवरुद्ध गरेको छ । सीमा स्तम्भ न. ३५ नजिक रहेको अस्थायी सडकलाई एसएसबीले अवरोध गरेको हो । नेपाली र भारतीय दुवै पक्षले प्रयोग गरिरहेको सीमाको सडकमा एसएसबीले हिँड्न नदिएपछि किसानले काटेको उखु मिलसम्म पुर्याउन समस्या भएको छ । अहिलेसम्म प्रयोग गर्दै आएको बाटोलाई ‘नो मेन्स लेण्ड’ भन्दै भारतीय पक्षले अवरोध गरेपछि किसानले काटेको उखु मिलमा लैजान पाएका छैनन् । यो क्षेत्रमा भारतीय पक्षले लागू गर्न खोजिएको स्ट्रीप नक्सामा भने झन्डै सीमा १५० मिटर भारततिर पर्ने देखिएको छ । सोही क्षेत्रमा एसएसबीले केही समय अघि बनाएको अस्थायी पोष्ट स्थानीय जनता र सशस्त्र प्रहरीले हटाइदिएका थिए । सोही विषयमा अनावश्यक इगो साँधेर एसएसबीले नेपालीलाई दुःख दिन खोजेको अन्तर्राष्ट्रिय सीमा सरोकार समूहका संयोजक पल्लवराज भट्टले बताउनुभयो । उहाँले एसएसबीले भारतीय किसानलाई बाटो प्रयोग गर्न दिएपनि नेपालीमाथि भने अवरोध गरेको जानकारी दिनुभयो । ‘हामीले अस्थायी पोष्ट हटाएपछि एसएसबीले इगो साँध्न खोजेको देखियो’ भट्टले युगदर्शनसँग भन्नुभयो, ‘अस्थायी पोष्ट हटाएपनि उनीहरु ट्रकमा आएर सोही ठाउँमा दिनभर बस्ने र साँझ फर्किने गरेका छन् ।’ उहाँले नेपाली र भारतीय दुवै पक्षले सोही बाटो प्रयोग गर्ने गरेको भएपनि भारततर्फ वैकल्पिक बाटो भएपनि नेपालतर्फ नभएका कारण किसानले काटेको उखु खेतमै सुक्ने अवस्था आएको भट्टले बताउनुभयो । ‘अहिले भनिएको ‘नो मेन्सलेण्ड’ अन्तिम होइन, यो हिजोदेखि दुवै पक्षले प्रयोग गरि आएको बाटो हो’ भट्टले भन्नुभयो, ‘सोही रुपमा स्थानीय किसानहरुले कृषि कार्यकोलागि प्रयोग गर्न पाउनु पर्छ भनेर सीमामा रहेका भारतीय सुरक्षा निकायसँग प्रष्टसँग सङ्ग कुरा राखिएको छ ।’ उहाँले भारतीय पक्षलाई वर्षौदेखि प्रयोग गर्दै आएको बाटोमा अवरोध नगर्न आग्रह गरिएको भन्दै सम्बन्धित नियकाले समस्या समाधान गर्न तत्काल ध्यान दिनुपर्ने स्पष्ट पार्नुभयो ।