अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार अर्थात् २० जनवरीमा बिहानै ह्वाइट हाउस छाड्ने तयारी गरिरहेका छन् ।
२० जनवरीमै नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले संसद् भवनमा सपथ लिनेछन् र ह्वाइट हाउस जाने एजेन्सीहरूले बताएका छन् ।
सत्ता हस्तान्तरणको योजनासँग सम्बन्धित एक व्यक्तिले नाम उल्लेख नगर्ने शर्तमा बुधबार बिहानै ट्रम्पले ह्वाइट हाउस छाड्ने तयारी गरिरहेको बताएका हुन् ।
ट्रम्पले आधिकारीक रुपमा ह्वाइट हाउस छाड्ने विषय अहिलेसम्म जानकारी दिएका छैनन् ।
उनले राष्ट्रपतिमा विजयी भएका जो बाइडेनलाई अहिलेसम्म बधाई पनि दिएका छैन...